International News

अफगानिस्तानले पहिलो टेष्ट भारत विरुद्ध खेल्ने

अफगानिस्तानले आफ्नो पहिलो टेष्ट भारत बिरुद्द खेल्ने भएको छ । क्रिकेट जायन्ट भारतले आफ्नो घरेलु मैदानमा अफगानिस्तान बिरुद्द टेष्ट खेल्ने भएको हो ।

भारतीय क्रिकेट बोर्ड (बिसिसिआई) का प्रमुख कार्यकारी अधिकृत राहुल जोहरीका अनुसार भारतले सन् २०१८ मा अफगानिस्तान बिरुद्द खेल्ने भएको हो । तर मिती र स्थान भने तय भएको छैन । यहि अक्टोबरमा अफगानिस्तान क्रिकेट बोर्डका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतले जोहरीलाई भेटेर आफ्नो टोलीको पहिलो टेष्ट म्याचमा प्रतिद्वन्द्धी बन्नका लागि आग्रह गरेको थियो र बिसिसिआईले अफगानिस्तानको अाग्रहलाई स्विकार गरेको हो ।

जुनमा अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसिसी) ले अफगानिस्तानसँगै आयरल्यान्डलाई टेष्ट मान्यता दिएको थियो । उक्त समय देखी नै अफगानिस्तान टेष्टमा डेब्यु गर्नका लागि प्रतिद्वन्दिको खोजीमा थियो । यस अघि नै टेष्टमा अर्को नव प्रवेशी टोली आयरल्यान्डले सन् २०१८ को मे महिनामा आफ्नो पहिलो टेष्ट म्याच पाकिस्तान बिरुद्द खेल्ने पक्का भईसकेको छ । शुरुमा अफगानिस्तानले युएईमा जिम्बाब्बे बिरुद्द अर्को बर्षको शुरुवातमा आफ्नो पहिलो टेष्ट खेल्ने तय भएको थियो । तर मार्चमा विश्व कप छनोटको खेल भएकाले जिम्बाब्बेले उक्त प्रतियोगितामा ध्यान केन्द्रित गर्न भन्दै आफुहरु टेष्ट खेल्न नसक्ने जनाएको थियो ।

सन् २०१८ मा भारतले धेरै जसो खेलहरु अरुकोमा गएर खेल्ने भएकाले गर्दा अफगानिस्तान बिरुद्द खेल्नका लागि समय मिलाउन पर्ने हुन्छ । तर अर्को बर्षको अन्त्यमा भारतले गर्ने अस्ट्रेलिया भ्रमण अगाडी केही समय टोली खाली हुनेछ जुन समयमा अफगानिस्तानले भारतको भ्रमण गर्ने समय उपयुक्त हुन सक्ने पनि जोहरीले जानकारी दिए । अब अर्को महिनामा दुबईमा दुबै देशका बोर्डका सदस्य बैठक बसेर यसका बारेमा पुर्ण निर्णय गर्नेछ ।

Latest News

Nepal's No.1 Cricket Portal now in Nepali Language.

Follow us

Copyright © 2010-2017 Cricnepal.com. All Rights Reserved.

To Top