International News

पहिलो टि-२० खेलमा भारत ९३ रनले विजयी

श्रीलंका विरुद्धको पहिलो टि–ट्वान्टी खेलमा भारत ९३ रनले विजयी भएको छ । जितसंगै भारतले तीन खेलको श्रृखंलामा एक शुन्यको अग्रता बनाएको छ ।

टस हारेर ब्याटिङको निम्तो पाएको भारतले २० ओभरमा तीन विकेट गुमाउदै एक सय ८० रन बनायो । उसका लागि केएल राहुलले ६१ तथा महेन्द्रसिंह धोनीले ३९ रन बनाए । यस्तै मनिश पाण्डेले ३२ र श्रेयस नायरले २४ रनको योगदान गरे ।

जवाफमा श्रीलंका १६ ओभरमा मात्र ८७ रनमा अलआउट भयो । उसका लागि उपल थरंगाले २३ रन बनाउदा कुशल परेराले १९ रन बनाए । बाकि खेलाडी भने एकपछि अर्को रुपमा पेभेलियन फर्किदा श्रीलंका सस्तैमा आउट भयो । श्रीलंकालाई कम स्कोरमा रोक्न युजेन्द्र चाहलले चार तथा हार्दिक पाण्डेले तीन विकेट लिए ।

Latest News

Nepal's No.1 Cricket Portal now in Nepali Language.

Follow us

Copyright © 2010-2017 Cricnepal.com. All Rights Reserved.

To Top