International News

रोहितको एकदिवसियमा अर्को दोहोरो सतक

ओपनर रोहित शर्माको दोहोरो शतकमा घरेलु टोली भारतले पाहुना टोली श्रीलंका बिरुद्दको दोश्रो एकदिवसीय खेलमा तीन सय ९२ रनको विशाल योगफल बनाएको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको भारतका लागि कप्तान तथा ओपनर रोहित शर्माले अविजित २०८ रन बनाए । एकदिवसीय खेलमा तेश्रो दोहोरो शतक बनाएका रोहितले १५३ बल खेल्दै १३ चौका र १२ छक्का प्रहार गरेका थिए ।
१५१ बलमा दोहोरो शतक बनाएका शर्माले पहिलो विकेटका लागि अर्का ओपनर शिखर धवनसँग मिलेर ११५ रनको साझेदारी गरेका थिए । धवन ६८ रन बनाएर आउट भए । त्यस्तै शर्माले ८८ रन बनाएका श्रेय एैयरसँग मिलेर दोश्रो विकेटका लागि २१३ रनको साझेदरी गरेका थिए ।

शर्माको एकदिवसीयमा यो तेश्रो ठुलो व्यक्तिगत रन हो । एकदिवसीयमा शर्माको धेरै रन श्रीलंका बिरुद्द नै रहेको छ । सन् २०१४ मा उनले १७३ बल खेल्दै २६४ रन प्रहार गरेका थिए । त्यस्तै उनले अष्ट्रेलिया बिरुद्द सन् २०१३ मा १५८ बलको सामना गर्दै २०९ रन प्रहार गरेका थिए ।

श्रीलंकाको तर्फबाट कप्तान थिसारा परेराले सर्वाधिक तीन विकेट लिएका थिए । आठ ओवर बलिङ गरेका परेराले ८० रन खर्चेका थिए ।
तीन खेलको श्रृङखलामा श्रीलंका १–० ले अघि छ । धर्मशालामा भएको पहिलो एकदिवसीय खेल श्रीलंकाले सात विकेटले जितेको थियो ।

Latest News

Nepal's No.1 Cricket Portal now in Nepali Language.

Follow us

Copyright © 2010-2017 Cricnepal.com. All Rights Reserved.

To Top