International News

भारत विरुद्धको दोस्रो एकदिवसिय खेलमा श्रीलका १४१ रनले पराजित

श्रीलंका विरुद्धको दोस्रो एक दिवसिय खेलमा भारत एक सय ४१ रन विजयी भएको छ । जितसँगै भारतले तीन खेलको श्रृङखला १–१ को स्थितीमा पुऱ्याएको छ ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको भारतले ओपनर रोहित शर्माको दोहोरो शतकमा ५० ओभरको खेलमा चार विकेट गुमाएर तीन सय ९२ रनको विशाल योगफल तयार पारेको थियो । खेलमा म्यान अफ द म्याच घोषित भएका कप्तान तथा ओपनर शर्माले अविजित रहँदै सर्वाधिक दुइ सय आठ रन बनाए । एकदिवसीय खेलमा आफ्नो तेश्रो दोहोरो शतक बनाएका शर्माले १५३ बल खेल्दै १३ चौका र १२ छक्का प्रहार गरेका थिए । १५१ बलमा दोहोरो शतक बनाएका शर्माले पहिलो विकेटका लागि अर्का ओपनर शिखर धवनसँग मिलेर ११५ रनको साझेदारी गरेका थिए ।

धवन ६८ रन बनाएर आउट भए । त्यस्तै शर्माले ८८ रन बनाएका श्रेय एैयरसँग मिलेर दोश्रो विकेटका लागि २१३ रनको साझेदरी गरेका थिए । शर्माको एकदिवसीयमा यो तेश्रो ठुलो व्यक्तिगत रन हो । एकदिवसीयमा शर्माको धेरै रन श्रीलंका बिरुद्द नै रहेको छ । सन् २०१४ मा उनले १७३ बल खेल्दै २६४ रन प्रहार गरेका थिए । त्यस्तै उनले अष्ट्रेलिया बिरुद्द सन् २०१३ मा १५८ बलको सामना गर्दै २०९ रन प्रहार गरेका थिए ।

जवाफमा श्रीलंकाले ५० ओभरमा आठ विकेट गुमाएर मात्र दुइ ५१ रन बनायो । श्रीलंकाको तर्फबाट एञ्जेलो म्याथ्युजले अविजित एक सय ११ रन बनाए । यस्तै आसेला गुनारत्नेले ३४ रनको पारी खेलेपनि अन्य ब्याट्सम्यानले राम्रो योगदान दिन नसक्दा श्रीलंकाले हारको सामना गर्नु पऱ्यो । भारतको तर्फबाट युजुबेन्द्र चाहलले सर्वाधिक तीन विकेट लिए । भारत र श्रीलंका बिचको तेश्रो तथा निर्णयक एकदिवसीय खेल आइतवार बिशाखापट्नममा हुनेछ ।

Latest News

Nepal's No.1 Cricket Portal now in Nepali Language.

Follow us

Copyright © 2010-2017 Cricnepal.com. All Rights Reserved.

To Top