International News

एशिया कप खेलका ७ खेलाडी हटे, भारतीय यू-१९ टिममा भारी परिवर्तन

एसीसी यू–१९ एसिया कपमा समुह चरणबाट बाहिरीएको भारतीय टिममा भारी परिवर्तन गरिएको छ । सो टिमबाट ७ खेलाडी समावेश गर्दै भारतले आईसीसी यू–१९ विश्वकपका लागि अन्तिम टोली घोषणा गरेको छ ।

भारतीय युवा टिमको कप्तानी पृथ्वी शले सम्हाल्ने छन् । बिसीसीआइले घोषणा गरेको टिममा एशिया कपमा रहेका ७ सदस्य अटाएनन् । सन् २०१८ जनवरी तेस्रो साता प्रतियोगिता न्युजिल्यान्डमा आयोजना हुँदै छ ।

गत महिना सम्पन्न एसिया कपमा नेपालले प्रतियोगिताको डिफेन्डिङ च्याम्पियन भारतलाई १९ रनले पराजित गरेपछि भारतको यात्रा समूह चरणमै सीमित भएको थियो । उसले अन्तिम खेलमा बंगलादेशसँग पनि पराजय बेहोरेको थियो । त्यस समयका कप्तान हिमांशु रानासहित अभिषेक शर्मा, रियान पराग, हार्भिक देशाई, अर्शदीप सिंह, शिव सिंह र मनाजोत कालरामात्र टोलीमा अटाए । टोलीका प्रशिक्षक राहुल द्रविडले कप्तान पृथ्वीसँगै उपकप्तान शुभम गिल, इशान पोरेल, कमलेश नगरकोटी, शिवम माभी, आर्यन जुयाल, पंकज यादव र अनुकुल रोयलाई यसपल्ट टोलीमा समेटेका हुन् ।

ब्याट्सम्यान पृथ्वी र तीव्र गतिका बलर इशान रणजी ट्रफीमा क्रमश: मुम्बई र बंगालको सिनियर टोलीबाट खेलिरहेका छन् ।

Latest News

To Top