Everest Premier League

इपिएलको उदघाटन खेलमा ललितपुर विजयी, काठमाडौ ७ विकेटले पराजित

एभरेष्ट प्रिमियर लिग इपिएलको उदघाटन खेलमा ललितपुर प्याट्रोइट्स विजयी भएको छ । प्रतियोगितामा सुखद सुरुवात गरेको ललितपुरले काठमाडौ किङसलाई सात विकेटले हरायो ।

किर्तीपुर क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको काठमाडौ किङस १८ ओभर तीन बलमा ८९ रनमा अलआउट भयो । उसका लागि तीन खेलाडीले मात्र दोहोरो अंक जोडन सकेन । काठमाडौका लागि अमित श्रेष्ठले २७ रन बनाउदा सोमपाल कामीले १४ र अंशु फर्नान्डोले १५ रन बनाए । आठ रन हुदा दुई विकेट गुमाएको काठमाडौले २५ रन बनाउदा चार विकेट खेर फालेको थियो । त्यसपछि पनि उसको विकेट झर्ने क्रम रोकिएन । एकपछि अर्को विकेट गुमाएको ललितपुरले ५३ रन हुदा ६ विकेट गुमायो । त्यसपछि स्कोरबोर्डमा अरु ३६ रन जोडदा काठमाडौ अलआउट भयो । काठमाडौलाई कम स्कोरमा रोक्न सुबोध भाटीले चार तथा महबुव आलमले दुई र ललित राजबंशीले तीन विकेट लिए ।

जवाफमा ललितपुरले १६ ओभर चार बलमा तीन विकेट गुमाउदै लक्ष्य पुरा गरयो । चार रन हुदा पहिलो विकेट गुमाएको ललितपुरको जितमा भारतीय खेलाडी जयकिसन कोल्सावालाले अविजीत ४४ रन बनाए भने कप्तान ज्ञानेन्द्र मल्लले २० तथा राजविर सिंह अविजीत १४ रन थपे ।

प्रतियोगितामा भोली दुई खेल हुनेछन । पहिलो खेल चितवन टाइगर्स र पोखरा राइनोज तथा दोस्रो खेल विराटनगर वारियर्स र ललितपुर प्याट्रियट्स विच हुनेछ ।

Latest News

Nepal's No.1 Cricket Portal now in Nepali Language.

Follow us

Copyright © 2010-2017 Cricnepal.com. All Rights Reserved.

To Top