National News

महेश क्षेत्री सम्मानित, पाए स्कुटर

नेपाली राष्ट्रिय टिमका खेलाडी महेश क्षेत्रीलाई क्रियटिभ ह्यान्ड्सले क्रिकेटमा पुरयाएको योगदानको कदर गर्दै सम्मान गरेको छ ।

राजधानीमा आयोजना गरिएको कार्यक्रममा क्रियटिभ ह्यान्ड्सले क्षेत्रीलाई एकथान स्कुटर सहित सम्मान गरेको हो । नेपाली राष्ट्रिय टिमका ओपनर रहिसकेका क्षेत्रीले सन् २००२ बाट अन्डर फिप्टिन क्रिकेट टिमबाट क्रिकेट करियर सुरु गरेका थिए । नेपालगञ्जको न्युरोडमा जन्मिएको क्षेत्रीले जिल्ला क्षेत्र हुदै राष्ट्रिय टिमसम्म पुगेका थिए । उनले २००५ मा अन्डर नाइन्टिन टिमबाट खेलेका थिए । जसमा नेपालले एक पटक अन्डर नाइन्टिन विश्वकपको प्लेट च्याम्पिनसियपको उपाधि जित्दा क्षेत्री टिममा थिए । त्यसको एक बर्षपछि अर्थात २००६ मा उनले राष्ट्रिय टिममा स्थान बनाएका थिए ।

कुनैबेला राष्ट्रिय टिमका भरपर्दा खेलाडी मानिने क्षेत्री पछिल्लो केहि बर्षपछि पनि टिममा पर्न सकेका छैनन । पुर्व प्रशिक्षक पुवुदु दशानायके प्रशिक्षक हुदा विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत स्कटल्याण्ड विरुद्धको खेलका लागि उनले टिममा कमब्याक गरेका थिए । त्यसपछि भने उनि टिममा पर्न सकेका छैनन । हाल त्रिभुवन आर्मी क्लवमा आवद्ध भएका क्षेत्रीले सम्मान पछि करियरमा ठुलो सम्मान पाएको र यसले आफुलाई थप उर्जा थप्ने बताए । क्षेत्रीको घरेलु जिल्लामा रहेको सस्थाले यसअघि पनि महिला खेलाडी नेरी थापालाई पनि सम्मान गरेको थियो ।

Latest News

To Top