Nepal Cricket

नेपालको तेस्रो विकेट झर्यो, पारस १० रनमा आउट

आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत अन्तिम चरणको दोस्रो खेलमा नेपालले युएइबाट १९६ रनको लक्ष्य पाएको छ ।

युएइको आवबुधावी स्थित शेख जायद क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टिम विरुद्ध नेपालले आज कसिलो बलिङ गरेको थियो । उसको सात रन हुदा पहिलो विकेट लिएको नेपालले १८ रनमा दोस्रो सफलता हात पारयो । त्यसपछि अरु ६ रन थप्दा नेपालले चार विकेट लिन सफल भयो । त्यसपछि ३९ रन हुदा कप्तान पारस खडका नेपाललाई पाचौ सफलता दिलाए । युएइका पाचै खेलाडीले दोहोरो अंक जोडन सकेनन ।

त्यसपछि छैटौ विकेटका लागि अदनान मुफ्ती र मोहम्मद बोटाले ८० रनको साझेदारी गर्दै टिमको पारीलाई सम्हालेका थिए । बोटाले ३७ रनको योगदान गरे । युएइको स्कोर एक सय ४० रन हुदा सातौ विकेट झरयो । अहमद राजा १० रनमा पेभेलियन फर्किए । युएइका लागि अदनान मुफ्तीले उत्कृष्ट प्रदर्शन गर्दै सतक प्रहार गरे । उनले ८९ बलमा एक सय चार रन बनाए । नेपालका लागि सोमपाल कामीले पाच विकेट लिए ।

जवाफमा नेपालले राम्रो सुरुवात गर्न सकेन । सात रन हुदा दिलिप नाथ खाता खोल्न नपाउदै आउट भए । त्यसपछि क्रिजमा आएका शरद भेषवाकरपनि १३ रनमा आउट भएपछि नेपालले २७ रनमा दोस्रो विकेट गुमायो । नेपालको स्कोर ४९ रन हुदा कप्तान पारस खडका १० रनमा आउट भएपछि तेस्रो विकेट झर्यो ।

Latest News

Nepal's No.1 Cricket Portal now in Nepali Language.

Follow us

Copyright © 2010-2017 Cricnepal.com. All Rights Reserved.

To Top