Nepal U16

नेपाली यू-१६ टिम थाइल्याण्ड पुग्यो

थाइल्याण्डमा हुने एसीसी यु-१६ इस्टर्न रिजन प्रतियोगिता खेल्न नेपाली क्रिकेट टिम आज थाईल्याण्ड पुगेको छ ।

११ डिसेम्बर देखि सुरु प्रतियोगितामा नेपाल सहित ८ टिमको सहभागिता रहेको छ । प्रतियोगितामा नेपालले आयोजक थाईल्याण्डसंग ११ डिसेम्बरमा खेल्नेछ। ८ टिमलाई २ समुहमा बिभाजन गरिएको छ जसमध्ये नेपाल रहेको समुहमा थाईल्याण्ड, हंगकंग र म्यानमार रहेका छन्।

सहभागी रास्ट्रहरु – थाइल्याण्ड, हङकङ, मलेसिया, म्यानमार, चीन, भुटान, सिंगापुर र नेपाल

करीव ३ साताको अभ्यासपछि नेपाली टिम थाइल्याण्ड पुगेको हो । देशका बिभिन्न क्षेत्रबाट छानिएका ४६ जना खेलाडीहरुबाट २४ हुँदै १४ जना खेलाडी प्रतियोगिताको लागि छानिएका छन्। नेपाली टिमको कप्तानी काठमाडौँका रित गौतमले गर्नेछन्। टिमको मुख्य प्रशिक्षण जंगबहादुर थापाले गर्नेछन् भने सहायक प्रशिक्षक दिपेन्द्र चौधरी रहेका छन्।यस्तै टिम निर्देशकको रुपमा बिनोद दास पनि टिमसंगै छन्। तीन जनाको छनौट समितिले १४ सदस्यीय टिमको चयन गरेको थियो।

नेपाली टिम – रित गौतम ( कप्तान ) , बिशाल बिक्रम केसी ( उपकप्तान ) , कुशल मल्ल, राजन मगर, तृत राज दास, अमित कुमार यादब, सुबास ऐर ( सुबोध ) नारायण जोशी, सुनिल भण्डारी, सुर्य तामाङ, अजय कुमार लुनिया, प्रतिश जीशी, मेख बहादुर सेन थापा, निखिल कुमार सिंह

वैकल्पिक – विवेक कुमार यादब , रहमान अलि , बिशांक सुबेदी, शेख इमरान

Latest News

Nepal's No.1 Cricket Portal now in Nepali Language.

Follow us

Copyright © 2010-2017 Cricnepal.com. All Rights Reserved.

To Top