Nepal Cricket

अमेरीकासग नेपाल ५ विकेटले पराजित

नेपाली राष्ट्रिय क्रिकेट टिमले अमेरीका विरुद्धको मैत्रीपुर्ण खेलमा पाच विकेटको हार ब्यहोरेको छ ।

युएइको आवुदावीमा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपाल ३६ ओभर एक बलमा ८९ रनमा अलआउट भयो । मुख्य खेलाडी पारस खडका, ज्ञानेन्द्र मल्ल, शक्ति गौचन विना नै मैदानमा उत्रिएको नेपालले ३० रन पुरयाउदा तीन विकेट खेर फालेको थियो । त्यसपछि नेपालले अरु १० रन बनाउदा थप दुई विकेट गुमाएपछि ४० रनमा पाच विकेट झार्न पुग्यो । नेपालको पारीलाई दिपेन्द्र ऐरीले कप्तान शरद भेषवाकरसंग पारी सम्हाल्न खोजेपनि सफल भएनन । शरद खाता खोल्न नपाउदै पेभेलियन फर्किए । जसका कारण नेपालले ५५ रनमा ६ विकेट गुमायो । नेपालका लागि दिलिप नाथले १६ रन बनाउदा दिपेन्द्र ऐरीले १२ कुशल भुर्तेलले १० रन बनाए । यस्तै बसन्त रेग्मीले २१ रन थप्दा बाकि खेलाडी अरु खेलाडीले राम्रो गर्नसकेनन ।

जवाफमा अमेरीकाले २२ ओभर तीन बलमा पाच विकेट गुमाउदै लक्ष्य पुरा गरयो । सुरुवात राम्रो गर्न नसकेको अमेरीकाले २२ रन हुदा पहिलो विकेट गुमाएको थियो । ४० रन हुदा तीन विकेट गुमाएको अमेरीकाको जितमा ओपनर सेइद अब्दुल्लाहले महत्वपुर्ण भुमिका खेले । मिडलअडरका खेलाडी एकपछि अर्को रुपमा आउट हुदा उनले ४४ रनको योगदान गरे । नेपालका लागि सोमपाल कामीले तीन तथा सागर पुनले दुई विकेट लिए । अब नेपालले अर्को मैत्रीपुर्ण खेलमा आइतबार केन्या विरुद्ध खेल्नेछ ।

Latest News

To Top