Junior

नेपाल यू-१६ रिजन च्याम्पियसिपको सेमिफाइनलमा

थाइल्यान्डमा जारी एसीसी अन्डर सिक्सटिन इस्र्टन रिजन क्रिकेट प्रतियोगिता नेपालले लगातार दोस्रो जीत हात पारेको छ । आज भएको खेलमा नेपालले हङकङलाइ चार विकेटले पराजित गर्यो ।

ट्रेडथाइ क्रिकेट ग्राउन्डमा टस हारेर फिल्डिङ गरेकोेनपालले उत्कृष्ट प्रदर्शन गर्दै हङकङलाइ निर्धारित ३५ आभेरमा मात्र ८२ रनमा रोकेको थियो । हङकङले यसका लागि नौ विकेट खर्चिएको थियो । हङकङलाइ सस्तैमा सम्ट्ने क्रममा प्रतिश जीसीले तीन, अजय कुमार लुनियाले दुइ तथा आर्यन जोशी र विशाल विक्रम केसीले एक एक विकेट लिए । आर्यन शरद सेट्ठीले २४ रन बनाउनु बाहे अन्य ब्याट्सम्यान लामो समय क्रिजमा रहन सकेनन् । कलहन चाल्लुले १६ र आरुस भगतले १२ रन जोड्दा बांकीले दोहोरो अंक छुन सकेनन् । नेपालले सुरुवाती १२ ओभरमानै हङकङको तीन विकेट लिएको थियो ।

पहिलो ओभरको चौथो वलमा थाइङल्यान्डका ओपनर तेज नरेनलाइ शुन्यमा आउट गर्दै प्रतिश ले नेपाललाइ पहिलो सफलता दिलाएका थिए । जवाफमा ८३ रनको लक्ष्य नेपालले २४ ओभर एक वलमा ६ किवेट गुमाउदै पुरा गर्यो । झिनो लक्ष्य भएपनि नेपालले सहज जीत हात पार्न सकेन् । नेपालको जीतमा त्रितराज दासले सर्वाधिक २७ रनको योगदान दिए । राजन मगरले १७ रन बनाए भने सुनिल भन्डारी एघार रनमा अविजीत रहे । हङकङका नसरुल्ला रानाले तीन विकेछ लिए ।

समुह ए मा रहेको नेपालले हिजो भएको आफ्नो पहिलो खेलमा थाइल्यान्डलाइ एक सय ३३ रनको फराकिलो अन्तरले पराजित गरेको थियो । यो संगै नेपाल दुइ खेलबाट चार अंकका साथ तालिकाको शीर्ष स्थानमा छ । समुहको अन्तिम खेलमा नेपालले पर्सी म्यानमार संग प्रतिस्पर्धा गर्नेछ ।

Latest News

Nepal's No.1 Cricket Portal now in Nepali Language.

Follow us

Copyright © 2010-2017 Cricnepal.com. All Rights Reserved.

To Top