Junior

नेपालले म्यानमारलाइ दियो ३५१ रनको लक्ष्य, रितको सतकिए पारी

एसीसी अन्डर सिक्सटिन इस्र्टन रिजन च्याम्पियनसिप अन्तर्गत समुहको अन्तिम खेलमा नेपालले म्यानमारलाइ तीन सय ५१ रनको लक्ष्य दिएको छ ।

थाइल्याण्डको टेर्डथाइ क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारीत ३५ ओभरमा ६ विकेट गुमाउदै तीन सय ५० रन बनायो । नेपालका लागि कप्तान रित गौतम सतकिए पारी खेले । पहिलो विकेटका लागि ५४ रनको साझेदारी गरेको नेपालका लागि कुशल मल्लले ३६ रन बनाए । त्यसपछि सुवास ऐयर १७ रनमा पेभेलियन फर्किएपछि नेपालले ६७ रनमा दोस्रो विकेट गुमायो । तेस्रो विकेटका लागि विशाल विक्रम केसी र रित गौतमले ६९ रनको साझेदारी गर्दै नेपाललाई बलियो स्थितीमा पुरयाए ।

तर विशाल ४२ रनमा आउट भएपछि नेपालले तेस्रो विकेट गुमायो । त्यसपछि चौथो विकेटका लागि त्रितराज दाश र रितले ९९ रनको साझेदारी गर्दै नेपालको स्कोर बलियो स्थितीमा पुरयाए । त्रितराजले ६४ रन बनाउदा रित गौतमले सतकिए पारी खेले । यस्तै प्रतिश जिसीले अविजीत ६३ रन बनाए । समुहमा नेपालले लगातार दुई जित निकाल्दै सेमिफाइनलमा पुगिसकेको छ ।

Latest News

Nepal's No.1 Cricket Portal now in Nepali Language.

Follow us

Copyright © 2010-2017 Cricnepal.com. All Rights Reserved.

To Top