Junior

नेपाललाइ दोस्रो सफलता, कुशलले लिए विकेट

एसीसी अन्डर सिक्सटिन इस्र्टन रिजन च्याम्पियनसिपको फाइनलमा नेपालले सिंगापुरलाई एक सय ८४ रनको लक्ष्य दिएको छ ।

थाइल्याण्डको टेर्डथाइ क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारीत ३५ ओभरमा ६ विकेट गुमाउदै एक सय ८३ रन बनायो । जारी प्रतियोगितामा अहिलेसम्म कै कमजोर सुरुवात गरेको नेपालले तीन रन हुदा पहिलो विकेट गुमायो । ओपनर कुशल मल्ल खाता खोल्न नपाउदै आउट भए । त्यसपछि २१ रन हुदा राजन मगरपनि पेभेलियन फर्किएपछि नेपालले दोस्रो विकेट गुमायो । तेस्रो नम्वरमा ब्याटिङमा आएका सुवास ऐयरले विशालविक्रम केसीसंग राम्रो साझेदारी गर्न खोजेपनि सफल हुन सकेनन । उनी २२ रनमा आउट भएपछि नेपालले ४० रनमा तेस्रो विकेट गुमायो ।

नेपालले स्कोरबोर्डमा थप २२ रन जोडदा चौथो विकेट गुमायो । नेपालका त्रितराज दाश ब्यक्तिगत १९ रनमा आउट भए । पाचौ विकेटका लागि विशाल केसी र सुनिल भण्डारीले ४२ रनको साझेदारी गर्दै नेपालको पारी सम्हाले । पेभेलियन फर्कनु अघि सुनिलले १५ रन बनाए । छैटौ विकेटका लागि कप्तान विशालले नारायण जोशीसंग ४८ रनको साझेदारी गर्दै नेपाललाई बलियो स्थितीमा पुराए । उनले ६३ रन बनाउदै आउट भए । यस्तै नारायणले अविजीत ४६ रन बनाए ।

जवाफमा सिंगापुरको स्कोर १३ रन हुदा नेपालले पहिलो सफलता हात पारयो । अमन देसाईलाई प्रतिश जिसीले रनआउट गरे । त्यसपछि ४४ रन हुदा सिंगापुरको दोस्रो विकेट झरयो । कुशल मल्लले इसान सानेलाई १२ रनमा पेभेलियन फर्काए ।

Latest News

Nepal's No.1 Cricket Portal now in Nepali Language.

Follow us

Copyright © 2010-2017 Cricnepal.com. All Rights Reserved.

To Top