Junior

नेपाललाइ यु-१६ को उपाधि, सिङगापुर ७१ रनले पराजित

एसीसी अन्डर सिक्सटिन इस्र्टन रिजन च्याम्पियनसिपको उपाधि नेपालले जितेको छ । फाइनलमा सिंगापुरलाई ७१ रनले हराउदै डिफेन्डिङ च्याम्पियन नेपालले उपाधि रक्षा गरेको हो ।

थाइल्याण्डको टेर्डथाइ क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारीत ३५ ओभरमा ६ विकेट गुमाउदै एक सय ८३ रन बनायो । जारी प्रतियोगितामा अहिलेसम्म कै कमजोर सुरुवात गरेको नेपालले तीन रन हुदा पहिलो विकेट गुमायो । ओपनर कुशल मल्ल खाता खोल्न नपाउदै आउट भए । त्यसपछि २१ रन हुदा राजन मगरपनि पेभेलियन फर्किएपछि नेपालले दोस्रो विकेट गुमायो । तेस्रो नम्वरमा ब्याटिङमा आएका सुवास ऐयरले विशालविक्रम केसीसंग राम्रो साझेदारी गर्न खोजेपनि सफल हुन सकेनन । उनी २२ रनमा आउट भएपछि नेपालले ४० रनमा तेस्रो विकेट गुमायो ।

नेपालले स्कोरबोर्डमा थप २२ रन जोडदा चौथो विकेट गुमायो । नेपालका त्रितराज दाश ब्यक्तिगत १९ रनमा आउट भए । पाचौ विकेटका लागि विशाल केसी र सुनिल भण्डारीले ४२ रनको साझेदारी गर्दै नेपालको पारी सम्हाले । पेभेलियन फर्कनु अघि सुनिलले १५ रन बनाए । छैटौ विकेटका लागि कप्तान विशालले नारायण जोशीसंग ४८ रनको साझेदारी गर्दै नेपाललाई बलियो स्थितीमा पुराए । उनले ६३ रन बनाउदै आउट भए । यस्तै नारायणले अविजीत ४६ रन बनाए ।

जवाफमा सिंगापुर ३१ ओभर पाच बलमा एक सय १२ रनमा अलआउट भयो । ४४ रन हुदा दुई विकेट गुमाएको सिंगापुरको मिडिलअडरलाई नेपाली बलरले खासै चल्न दिएनन । जसका कारण उसले ८१ रन हुदा पाच विकेट गुमायो । त्यसपछि झन दबावमा परेको सिंगापुर सस्तैमा आउट भयो । उसका लागि राउल शर्माले १५, सेइ हर्ष भेनुगोपालले ३१ र अर्नव वाडाले २१ रन बनाउदा पुछारका खेलाडी एकोहोरो रुपमा आउट भएन । सिंगापुरलाई कम स्कोरमा रोक्न अजय कुमार लुनिया र शुर्य तामाङले तीन तीन विकेट लिए ।

Latest News

Nepal's No.1 Cricket Portal now in Nepali Language.

Follow us

Copyright © 2010-2017 Cricnepal.com. All Rights Reserved.

To Top