Nepal Cricket

नेपालको १०० रन पुरा

आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेपालले अहिले युएइसंग खेलिरहेको छ ।

आवुधावीको सेख जायद क्रिकेट मैदानमा जारी खेलमा नेपालले टस हारेर ब्याटिङको निम्तो पाएको छ । नेपालको पारीलाई दिलिप नाथ र ज्ञानेन्द्र मल्लले सुरुवात गरेका थिए । सुरुवाती दुई ओभरमा खाता खोल्न नसकेको नेपालले ४३ रन हुदा पहिलो विकेट गुमायो । ओपनर दिलिप नाथ ब्यक्तिगत १६ रनमा आउट हुन पुगे । विश्व क्रिकेट लिग च्याम्पियनसिपमा दिलिप र ज्ञानेन्द्रको यो साझेदारी अहिलेसम्म कै उच्च हो । यसअघि नामिविया विरुद्ध सागर पुन र नरेश बुढाऐरले ४२ रनको साझेदारी गरेका थिए ।

त्यसपछि ज्ञानेन्द्रले शरद भेषवाकरसंग ४१ रनको साझेदारी गर्दै टिमलाई बलियो स्थितीमा पुरयाएका थिए । तर नेपालको स्कोर ८४ रन हुदा दोस्रो विकेट झरयो । राम्रो लयमा देखिएको ज्ञानेन्द्र मल्ल ५४ रनमा आउट भए । अहिले क्रिजमा पारस खडका र शरद रहेका छन ।

Latest News

To Top