Nepal Mens

युएइको १५० रन पुरा, सात विकेट झर्यो

आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत अन्तिम चरणको दोस्रो खेलमा नेपालले अहिले युएइसंग खेलिरहेको छ ।

युएइको आवबुधावी स्थित शेख जायद क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टिम विरुद्ध नेपालले आज कसिलो बलिङ गरेको थियो । उसको सात रन हुदा पहिलो विकेट लिएको नेपालले १८ रनमा दोस्रो सफलता हात पारयो । त्यसपछि अरु ६ रन थप्दा नेपालले चार विकेट लिन सफल भयो । त्यसपछि ३९ रन हुदा कप्तान पारस खडका नेपाललाई पाचौ सफलता दिलाए ।

युएइका पाचै खेलाडीले दोहोरो अंक जोडन सकेनन । त्यसपछि छैटौ विकेटका लागि अदनान मुफ्ती र मोहम्मद बोटाले ८० रनको साझेदारी गर्दै टिमको पारीलाई सम्हालेका थिए । बोटाले ३७ रनको योगदान गरे । युएइको स्कोर एक सय ४० रन हुदा सातौ विकेट झरयो । अहमद राजा १० रनमा पेभेलियन फर्किए । नेपालका लागि सोमपाल कामीले चार विकेट लिए । पहिलो खेलमा नेपाल पाच विकेटले पराजित भएको थियो ।

Latest News

Nepal's No.1 Cricket Portal now in Nepali Language.

Follow us

Copyright © 2010-2017 Cricnepal.com. All Rights Reserved.

To Top