Nepal Cricket

नेपाल र युएइ भोलि खेल्दै, प्रतियोगितामा सुखद अन्य गर्ने लक्ष्यमा नेपाल

आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत लिग चरणको अन्तिम खेलमा भोली नेपालले युएइसंग खेल्दैछ ।

यूएइको आवुधावी स्थित शेख जायद क्रिकेट मैदानमा हुने खेल नेपाली समय अनुसार विहान सवा ११ बजेबाट सुरु हुनेछ । यो प्रतियोगिताका लागि एक साता अगाडी नै युएइ पुगेको नेपालले अमेरीका र केन्यासंग दुई मैत्रीपुर्ण खेल खेलेको थियो । जसमा अमेरीकासंग पराजित भएपनि केन्यालाई हराएको थियो । करीव एक महिनाको प्रशिक्षण पनि युएइ पुगेको नेपाली टिमको यो लिगको अन्त्य सुखद गर्ने लक्ष्यमा रहेको छ । न्युजिल्याण्डमा भएको विश्वकप छनोटपछि नेपालले युएइसंग अन्तिम पटक एसीसी प्रिमियर लिगमा खेलेको थियो । जसमा नेपाल चार विकेटले विजयी भएको थियो ।

नेपालसंगै युएइ डिभिजन टु मा झर्ने पक्का भइसकेको छ । नेपालले १२ खेलमा चारमा जित निकालेको थियो भने सात खेल हारेको थियो । यस्तै युएइले मात्र तीन खेलमा जित निकाल्दा नौ खेल हारेको थियो । भोलीको खेलमा युवा खेलाडी ललितसिंह भण्डारी प्लेइङ सेटमा पर्ने प्रवल सम्भावना रहेको छ । केन्या विरुद्ध उनले उत्कृष्ट बलिङ गर्दै आफनो क्षमता देखाएका थिए । यस्तै ओपनिङमा ज्ञानेन्द्र मल्लले नया साथि पाउने सम्भावना पनि रहेको छ ।

Latest News

To Top