Nepal Cricket

नेपालको तेस्रो विकेट झर्यो, पारस २० रनमा आउट

आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेपालले अहिले युएइसंग खेलिरहेको छ ।

आवुधावीको सेख जायद क्रिकेट मैदानमा जारी खेलमा नेपालले टस हारेर ब्याटिङको निम्तो पाएको छ । नेपालको पारीलाई दिलिप नाथ र ज्ञानेन्द्र मल्लले सुरुवात गरेका थिए । सुरुवाती दुई ओभरमा खाता खोल्न नसकेको नेपालले ४३ रन हुदा पहिलो विकेट गुमायो । ओपनर दिलिप नाथ ब्यक्तिगत १६ रनमा आउट हुन पुगे । विश्व क्रिकेट लिग च्याम्पियनसिपमा दिलिप र ज्ञानेन्द्रको यो साझेदारी अहिलेसम्म कै उच्च हो ।

यसअघि नामिविया विरुद्ध ज्ञानेन्द्र मल्ल र नरेश बुढाऐरले ४२ रनको साझेदारी गरेका थिए । त्यसपछि ज्ञानेन्द्रले शरद भेषवाकरसंग ४१ रनको साझेदारी गर्दै टिमलाई बलियो स्थितीमा पुरयाएका थिए । तर नेपालको स्कोर ८४ रन हुदा दोस्रो विकेट झरयो । राम्रो लयमा देखिएको ज्ञानेन्द्र मल्ल ५४ रनमा आउट भए । त्यसपछि कप्तान पारस खडकाले शरदसंग मिलेर ३८ रनको साझेदारी गरेका थिए । तर पारस २० रनमा आउट भएपछि नेपालले १२२ रनमा तेस्रो विकेट गुमायो ।

Latest News

To Top