Nepal Cricket

ज्ञानेन्द्रको ५० रन पुरा, नेपाल राम्रो स्थितीमा

आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेपालले अहिले युएइसंग खेलिरहेको छ ।

आवुधावीको सेख जायद क्रिकेट मैदानमा जारी खेलमा नेपालले टस हारेर ब्याटिङको निम्तो पाएको छ । नेपालको पारीलाई दिलिप नाथ र ज्ञानेन्द्र मल्लले सुरुवात गरेका थिए । सुरुवाती दुई ओभरमा खाता खोल्न नसकेको नेपालले ४३ रन हुदा पहिलो विकेट गुमायो । ओपनर दिलिप नाथ ब्यक्तिगत १६ रनमा आउट हुन पुगे । विश्व क्रिकेट लिग च्याम्पियनसिपमा दिलिप र ज्ञानेन्द्रको यो साझेदारी अहिलेसम्म कै उच्च हो ।

यसअघि नामिविया विरुद्ध सागर पुन र नरेश बुढाऐरले ४२ रनको साझेदारी गरेका थिए । त्यसपछि ज्ञानेन्द्रले शरद भेषवाकरसंग राम्रो साझेदारी गर्दै टिमलाई सम्हालेका थिए । ज्ञानेन्द्रले अर्धसतक प्रहार गरेका छन । उनले ७७ बलमा ५० रन पुरा गरे ।

Latest News

To Top