National News

पुर्व प्रशिक्षकको टिम विरुद्ध भिडदै नेपाल

नेपाली राष्ट्रिय क्रिकेट टिमले केहि बेलमा अमेरिका संग मैत्रीपुर्ण खेल खेल्दैछ । युएइको अबुधावीमा हुने खेल नेपाली समय अनुसार विहान दश बजे पछि देखी सुरु हुनेछ ।

विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत युएइ संगको खेल अघि नेपालले अमेरिका र केन्या संग मैत्रीपुर्ण खेल खेल्न लागेको हो । नेपालले केन्या संग पर्सी प्रतिस्पर्धा गर्नेछ । हाल डिभिजन थ्रि मा रहेको अमेरिका नेपाली टिमका पुर्व मुख्य प्रशिक्षक पुवुदु दशानायकेको नेतृत्वमा रहेको छ ।

नेपालले अमेरिका , केन्या र युएइ संगको दुइए खेललाइ डिभिजन टु को तयारीका रुपमा लिएकोछ । युएइ संग नेपालले आउदो बुधबार र शुक्रबार प्रतिस्पर्धा गर्नेछ । फेब्रुअरीमा नामिबियामा हुने डिभिजन टु को शीर्ष दुइमा रहने टोलीले सन २०१९ को एक दिवशीय विश्वकप क्रिकेट छनौट खेल्ने अवसर पाउने हुनाले नेपालका लासग सो खेल महतवपुर्ण रहेको छ।

Latest News

To Top