Junior

पहिलो खेलमा नेपाल भारी अन्तरले विजयी

तिब्र गतिका बलर नारायण जोशीले पाँच विकेट लिएपछि एसिसी यू–१६ इस्र्टन रिजन अन्र्तगत आयोजक राष्ट्र थाईल्यान्डलाई एक ३३ रनले पराजित गरेको छ ।

टेर्डथाइ क्रिकेट ग्राउन्डमा भएको खेलमा नेपालले टस जितेर ब्याटिङ गरेको नेपालले ३४ ओभर चार बलमा एक सय ७९ रनमा अलआउट भयो । नेपालका लागि तृतराज दासले सर्वा्धिक ३९ रन बनाए । ५७ बलको सामना गरेका दासले चार चौका प्रहार गरेका थिए । त्यस्तै ओपनर कुशल मल्लले आक्रमक पारी खेल्दै तीन चौका र एक छक्काको मद्दतमा २२ बलमा २४ रन बनाए । नेपालका लागि राजन मगर १७, विशाल बिक्रम केसी ५, रित गौतम १६, सुनिल भण्डारी २३, नारायण जोशी ६, प्रतिश जिसी १२ रन बनाएर पेभेलिन फर्के । नेपालले २८ अतिरीक्त रन पाएको थियो । थाइल्यान्डका कोकियाट चाटवङ्गले तीन विकेट आफ्नो नाममा लेखाउन सफल भए ।

नेपालका बलरहरु हाबी हुँदा एक ८० रनको लक्ष्य पक्ष्याएको थाइल्यान्डले १९ ओभर तीन बलमा मात्र ४६ रनमा अलआउट भयो । जितसँगै प्रतियोगिताको समुह ए मा रहेको नेपालले दुई अंक पनि जोडेको छ । सात ओभर बलिङ गरेका जोशीले १७ रन खर्चेर पाँच विकेट लिएका हुन् । त्यस्तै नेपालको जितमा सुर्य तामाङ्गले पनि दुई विकेट लिएका थिए भने अखिल कुमार सिंह र विशाल बिक्रम केसीले पनि एक एक विकेट निकाल्न सफल भए ।

थाइल्यान्डका लागि ११ औं नम्बरका ब्याट्सम्यान कोकिएड चाटवङ्गले सर्वा्धिक ११ रन बनाएका थिए भने अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । थाइल्यान्डका शुरुवाती चार जना ब्याट्सम्यानले खाता पनि खोल्न नसकी नारायण जोशीको शिकार भएका थिए । नेपालले प्रतियोगिताको आफ्नो दोश्रो खेलमा भोली हङकङ बिरुद्द आजकै मैदानमा खेल्ने छ ।

Latest News

Nepal's No.1 Cricket Portal now in Nepali Language.

Follow us

Copyright © 2010-2017 Cricnepal.com. All Rights Reserved.

To Top