International News

पहिलो टेष्टमा न्युजिल्याण्ड इनिङ र ६७ रनले विजयी

वेष्ट इन्डिज विरुद्धको पहिलो टेष्टमा न्युजिल्याण्ड एक इनिङ र ६७ रनको भारी अन्तरले विजयी भएको छ । जितसंगै न्युजिल्याण्डले दुई टेष्टको श्रृखलामा एक शुन्यको अग्रता बनाएको छ ।

न्युजिल्याण्डको विलिङटनमा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको वेष्ट इन्डिजले पहिलो इनिङमा मात्र एक सय ३४ रन बनाउन सक्यो । उसका लागि कुनै पनि खेलाडीले अर्धसतक कटाउन सकेनन । वेष्ट इन्डिजलाई कम स्कोरमा रोक्न नेल विङगरले सात विकेट लिए ।

जवाफमा न्युजिल्याण्डले पहिलो पारीमा टोम ब्लुन्डेल र कोलीन डी ग्राण्डहोमको सतकको मद्धतले पहिलो पारीमा पाच सय २० रन बनायो । उसका लागि ब्लुन्डेलले एक सय सात रन बनाए भने ग्राण्डहोमले एक सय पाच रनको पारी खेले । यस्तै रोस टेलरले ९३ रनको योगदान गरे ।

पहिलो पारीमा तीन सय ८३ रनको भारी अन्तरले पछि परेको वेष्ट इन्डिज दोस्रो पारीमा मात्र तीन सय १९रनमा अलआउट भयो । उसका लागि क्रेग ब्रेथवेटले ९१ तथा हेटमेयरले ६६ रन बनाउदा बाकि खेलाडी सस्तैमा आउट भए । जसका कारण न्युजिल्याण्ड एक इनिङ र ७६ रनले विजयी भयो ।

Latest News

To Top