International News

तेस्रो खेलमा श्रीलङका ८ विकेटले पराजित, श्रृखला भारतको पोल्टामा

श्रीलंका विरुद्धको तेस्रो तथा अन्तिम एक दिवसिय खेलमा भारत आठ विकेटले विजयी भएको छ । जितसंगै भारतले तीन खेलको श्रृखला दुई एकले जितेको छ ।

भिराखापट्नममा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको श्रीलंका ४४ ओभर पाच बलमा दुई सय १४ मा अलआउट भयो । उसका पाच खेलाडीले मात्र दोहोरो अंक छुन सके । जसमा उपल थरङगाले ९५ रन बनाउदा सादेरा समराविक्रमाले ४२ र एञ्जेलो म्याथुजले १७ रन बनाए । श्रीलंकालाई कम स्कोरमा रोक्न कुलदीप यादव र युजभेन्द्र चाहलले तीन तीन विकेट लिए ।

जवाफमा भारतले ३२ ओभर एक बलमा मात्र दुई विकेट गुमाउदै लक्ष्य पुरा गरयो । अघिल्लो खेलमा दोहोरो सतक बनाएका रोहित शर्मा मात्र सात रनमा आउट भएपछि भारतले सुरुवात राम्रो गर्न सकेन । तर तयसपछि शिखर धवन र श्रेयस ऐयरले एक सय ३५ रनको साझेदारी गर्दैै टिमलाई जित नजिक पुरयाए । ऐयरले ६५ रन बनाए भने शिखरले अविजीत एक सय रन बनाए ।

Latest News

Nepal's No.1 Cricket Portal now in Nepali Language.

Follow us

Copyright © 2010-2017 Cricnepal.com. All Rights Reserved.

To Top