Everest Premier League

इपिएलमा चोटबोकेका सुसिल कडेल ६ महिना मैदान बाहिर

युवा स्पिनर शुसील कंडेल कम्तीमा ६ महिना मैदान बाहिर हुने भएका छन । राजधानीमा जारी एभरेस्ट प्रिमियर लिगका क्रममा घाइते भएका शुसीललाइ चिकित्सकले ६ महिना आरम गर्न सुझाज दिएका छन ।

इपिएलमा काठमाडौं किंस इलोभनको प्रतिनिधित्व गरेका शुसिल चितवन टाइगर्स विरुद्धको खेलका क्रममा घाइते भएका थिए । अमर राउटेलाको वलमा दिलिप नाथले प्रहार गरेको सट रोक्ने क्रममा उनलाइ देव्रे हातमा चोट लागेको थियो । त्यसपछि अस्पताल भर्ना भएका सुशीलको हात भाचिएको छ । हाल अस्पताल बाट डिस्चार्ज भएर घरमा आराम गरिरहेका सुशीलले ६ महिना क्रिकेट बाट टाढा रहनु परेपनि स्वास्थ्य ठुलो कुरा रहेको बताए ।

उनको अनुपस्थिती काठमाडौं किंसको हरेक खेलमा खड्एिको थियो । जसका कारण उसले लिग चरण पार गर्न सकेन् । मैदान बाहिर बसेर क्रिकेट हेर्दा भने पिडा हुने उनको भनाइ थियो । उनले चोटपछि टिममा फर्कन सहज भने नहुने उल्लेख गरे ।
कंडेल नेपाली क्रिकेटका उदाउदा स्टार खेलाडी हुन् । सन २०१४ को एसीसी अन्डर नँइन्टिन इलाइट कप बाट सुशीलले क्रिकेट यात्रा सुरु गरेका थिए । सिनियर टिममा भने शुसील विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत हङकङ विरुद्धको खेलमा अटाएका थिए । तर उनले खेल्ने मौका भने पाएनन् । सात वर्षको क्रिकेट करियरमा शुसील तेस्रो पटक चोटग्रस्त बनेका हुन् ।

Latest News

Nepal's No.1 Cricket Portal now in Nepali Language.

Follow us

Copyright © 2010-2017 Cricnepal.com. All Rights Reserved.

To Top