Junior

यू-१६ क्रिकेट, नेपाल ब्याटिङ गर्दै

एसीसी अन्डर सिक्सटिन इस्र्टन रिजन क्रिकेट प्रतियोगिताको सेमीफाइनलमा अहिले नेपालले मलेसियासंग खेलिरहेको छ ।

थाइल्याण्डको बैकक स्थित टेर्डथाई क्रिकेट मैदानमा जारी खेलमा नेपालले टस हारेर ब्याटिङको निम्तो पाएको छ । गएराति भएको भारी बर्षाका कारण मैदान गिलो भएपछि झण्डै दुई घण्टा ढिलो भएको हो ।
नेपाल समुह ए को विजेता र मलेसिया समुह बी को उपविजेता हुदै अन्तिम चारमा प्रवेश गरेका हुन् । समुह चरणमा अपराजित रहेको नेपालले थाइल्यान्डलाइ एक सय ३३ रन र हङकङलाइ चार विकेटले पराजितगरेको थियो । यस्तै समुहको अन्तिम खेलमा नेपालले म्यानमारलाई तीन सय ३७ रनको भारी अन्तरले हराउदै समुह विजता बनेको हो । समुह बी मा रहेको मलेसिया पहिलो खेलमा सिंगापुरसंग २९ रनले पराजित हुदा दोस्रो खेलमा चीनलाई चार विकेटले हराएको थियो । समुहको अन्तिम खेलमा मलेसियाले भुटानलाई एक सय ७१ रनले हराएको थियो । यसअघि २०१४ मा भएको एसीसी अन्डर सिक्सटिन प्रिमियरमा नेपालले मलेसियालाई ३२ रनले हराउदै उपाधि जितेको थियो । अर्को सेमिफाइनल खेल सिंगापुर र हङकङ विच हुनेछ ।

Latest News

Nepal's No.1 Cricket Portal now in Nepali Language.

Follow us

Copyright © 2010-2017 Cricnepal.com. All Rights Reserved.

To Top