ICC World Cricket League Championship

युएइको पहिलो विकेट झर्यो

आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेपालले दिएको २२२ रनको लक्ष्य पक्ष्याएको घरेलु टिमले राम्रो सुरुवात गरेको छ । युएइले ४२ रन हुदा पहिलो विकेट गुमायो । अस्फाक अहमद १९ रनमा आउट भए ।

आवुधावीको सेख जायद क्रिकेट मैदानमा जारी खेलमा नेपालले टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ५० ओभरमा ६ विकेट गुमाउदै दुई सय २१ रन बनायो । नेपालका लागि सशद भेषवाकरले उत्कृष्ट पारी खेल्दै अविजीत ८१ रन बनाए । यस्तै ज्ञानेन्द्र मल्लले ५४ रन बनाउदा कप्तान पारस खडका र सोमपाल कामीले समान २०–२० रन बनाइ । यस्तै बसन्त रेग्मी १४ रनमा अविजीत रहे । नेपालले ४३ रन हुदा पहिलो विकेट गुमायो । ओपनर दिलिप नाथ ब्यक्तिगत १६ रनमा आउट हुन पुगे । विश्व क्रिकेट लिग च्याम्पियनसिपमा दिलिप र ज्ञानेन्द्रको यो साझेदारी अहिलेसम्म कै उच्च हो ।

यसअघि नामिविया विरुद्ध ज्ञानेन्द्र मल्ल र नरेश बुढाऐरले ४२ रनको साझेदारी गरेका थिए । त्यसपछि ज्ञानेन्द्रले शरद भेषवाकरसंग ४१ रनको साझेदारी गर्दै टिमलाई बलियो स्थितीमा पुरयाएका थिए । कप्तान पारस खडकाले शरदसंग मिलेर ३८ रनको साझेदारी गरेका थिए । एक सय २६ रन हुदा चार विकेट गुमाएको नेपालले एक सय ३४ रनमा पाचौ विकेट खेर फाल्यो । आजको खेलमा शरदले उत्कृष्ट प्रदर्शन गरे । जारी प्रतियोगितामा शरदको चौथो अर्धसतक हो भने लिस्ट ए मा पाचौ अर्धसतक हो । शरदले छैटौ विकेटका लागि सोमपाल कामीसंग ३९ रनको साझेदारी गरेका थिए ।

Latest News

To Top