ICC World Cricket League Championship

नेपाल ६३ रनले पराजित, सातौ स्थानमा रहदै च्याम्पियनसिप समाप्त

आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेपालको सुखद अन्त्य हुन सकेन । अन्तिम चरणका दुबै खेलमा पराजित भएपछि नेपाल अङक तालिकामा पनि सातौ भएको छ । आज भएको खेलमा नेपाल युएइसग ६३ रनले पराजित भएको छ ।

स्कोरकार्ड

युएइको आबुधावी स्थित शेख जायद क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टिम ४९ ओभर दुइ बलमा एक सय ९५ रनमा अलआउट भयो । सात रन हुदा पहिलो विकेट गुमाएको युएइको ३९ रन हुदा पाच विकेट खेर फाल्यो । युएइका पाचै खेलाडीले दोहोरो अंक जोडन सकेनन । छैटौ विकेटका लागि अदनान मुफ्ती र मोहम्मद बोटाले ८० रनको साझेदारी गर्दै टिमको पारीलाई सम्हालेका थिए । बोटाले ३७ रनको योगदान गरे । युएइका लागि अदनान मुफ्तीले सतक प्रहार गरे । उनले ८९ बलमा एक सय चार रन बनाए । नेपालका लागि सोमपाल कामीले पाच विकेट लिए । उनको करियरकै उत्कृष्ट बलिङ हो ।

जवाफमा नेपाल ४२ ओभर दुइ बलमा मात्र एक सय ३२ रनमा अलआउट भयो । सुरुवात राम्रो गर्न नसकेको नेपालको सात रन हुदा दिलिप नाथ खाता खोल्न नपाउदै आउट भए । त्यसपछि क्रिजमा आएका शरद भेषवाकरपनि १३ रनमा आउट भएपछि नेपालले २७ रनमा दोस्रो विकेट गुमायो । नेपालको स्कोर ४९ रन हुदा कप्तान पारस खडका १० रनमा आउट भएपछि तेस्रो विकेट झर्यो । चौथो विकेटका लागि सागर पुन र ज्ञानेन्द्र मल्लले ४१ रनको साझेदारी गरेका थिए । तर सागर २१ रनमा आउट भएपछि नेपालले चौथो विकेट गुमायो । तर लगत्तै ज्ञानेन्द्र मल्ल पनि ४२ रनमा पेभेलियन फर्किएपछि नेपालले ९१ रनमा पाच विकेट गुमायो । त्यसपछि आरीफ शेख पनि ब्यक्तिगर १४ रनमा आउट भएपछि नेपालले १२१ मा छैटौ विकेट गुमायो । पुछारका खेलाडी सामपाल कामी र बसन्त रेग्मी सस्तैमा आउट हुदा नेपालले १२२ रनमा ८ विकेट गुमायो ।

Latest News

Nepal's No.1 Cricket Portal now in Nepali Language.

Follow us

Copyright © 2010-2017 Cricnepal.com. All Rights Reserved.

To Top