International News

डब्लुसिएल डिभिजन टु फेब्रेवरी ८ देखि १५ तारिखमा हुने

आइसीसी विश्व क्रिकेट लिग डिभिजन टुको मिती सार्वजनिक भएको छ । नामिवियामा हुने प्रतियोगिता फेबे्रवरी आठ देखि १५ तारिखसम्म हुने भएको छ ।

विश्व क्रिकेट लिग च्याम्पियनसिपमा पुछारमा रहेका चार टिम र डिभिजन थ्रीबाट बडुवा भएका दुुई टिम गरी कुल छ टिमले यो प्रतियोगितामा सहभागिता गर्नेछन । जसमा नेपालसहित केन्या, युएइ, नामिविया डिभिजन वानबाट झरेका टिम हुन भने क्यानडा र ओमान डिभिजन थ्रीबाट बढुवा भएका टिम हुन । युगन्डामा भएको डिभिजन थ्री बाट क्यानडा र ओमान विजयी भएका थिए ।

राउण्ड रोविनका आधारमा हुने प्रतियोगिता आउन अब ४६ दिन बाकि रहेको छ । नेपाल डिभिजन वनको च्याम्पियन भनेर दुई बर्ष अगाडी डिभिजन वनमा बढुवा भएको छ । यो प्रतियोगिताको शिर्ष दुईमा पर्ने टिम २०१८ मा हुने विश्वकप छनोट खेल्न पाउनेछन । यो प्रतियोगिता यसअघि जिम्वावेमा हुने बताइएको थियो । तर त्यहाको राजनितीक अस्थिरताका कारण नया आयोजक देश छानिएको छ । यो प्रतियोगिता मार्च महिनामा हुनेछ ।

Latest News

Nepal's No.1 Cricket Portal now in Nepali Language.

Follow us

Copyright © 2010-2017 Cricnepal.com. All Rights Reserved.

To Top