International News

अन्तिम एसेसमा अष्ट्रेलिया तीन खेलाडीको सतक, खेलमा हावी अष्ट्रेलिया

इङ्गल्याण्डबिरुद्धको अन्तिम एसेज टेस्टमा अष्ट्रेलियाले बलियो पकड बनाएको छ ।

उस्मान खवाजा सहित दाजुभाइ सन मार्स र मिचेल मार्सले सतक बनाएपछि अष्ट्रेलियाले खेलमा बलियो पकड बनाएको छ । ख्वाजाले शानदार १ सय ७१ रन बनाए भने सन मार्सले १५६ र मिचेल मार्सले १०१ रन बनाए । जसका कारण पहिलो इनिङमा अष्ट्रेलियाले ३०३ रनको अग्रता लिन सफल भयो । ४७९ रनमा चार विकेटको अवस्थामा चौथो दिनको खेल सुरु गरेको अष्ट्रेलियाले अरु १७१ रन जोडदा थप तीन विकेट गुमायो र ६४९ रनमा सात विकेट गुमाउदै पारीको घोषणा गर्यो ।
खवाजाले कप्तान स्टिभन स्मिथसंग तेश्रो विकेटका लागि एक सय ९८ रनको साझेदारी गर्दै अष्ट्रेलियालाई मजबुत स्थितीमा पु¥याएका थिए । तेश्रो दिन दुई विकेटको क्षतिमा १ सय ९३ बाट अघि खेल्न शुरु गरेको अष्ट्रेलियाले थप ८१ रन जोड्दा तेश्रो विकेट गुमाएको थियो ।

करियरकै उत्कृष्ट लयमा रहेका स्मिथ आफ्नो २४ औं टेस्ट शतकबाट १७ रनले चुके । स्मिथ आउट भएपछि खवाजाले शन मार्शसंग ९९ रनको साझेदारी गरेका थिए ।मेशन क्रेनको पहिलो टेस्ट विकेट हुनु पुर्व खवाजाले ३ सय ८१ बलको म्याराथन इनिङ्गस खेल्ने क्रममा १ सय ७१ रन बनाए । उनले १८ चौका र एक छक्का प्रहार गरे । खवाजको विकेट गएपछि क्रिजमा मार्श दाजुभाई शन र मिचेल टिकेर खेलिरहेका छन् र दिनको समाप्तिमा पाचौं विकेटको लागि १ सय १ रनको साझेदारी गरिसकेका छन् ।

शन यो सिजनको एसेजको दोश्रो शतकबाट मात्र दुई रनले टाढा छन् भने मिचेल ८७ बलमा ९ चौका र दुई छक्काको मद्दतमा ६३ रनमा खेलिरहेका छन् । दुई सय ७ बलको सामना गरेका शन १० चौका प्रहार गदै ९८ रनमा नटआउट रहेका छन् । इङ्गल्याण्डले पहिलो इनिङ्गसमा ३ सय ४६ रन बनाएको थियो । लगातार तीन टेस्टमा पराजित भएपछि एसेज गुमाइसकेको इङ्गल्याण्डले चौथौ टेस्टमा अष्ट्रेलियालाई पुर्व कप्तान एलेस्टेयर कुकको दोहोरो शतकको मद्दतमा बराबरीमा रोकेको थियो भने अन्तिम टेस्टमा पनि भ्रमणकारी टोली प्रतिष्ठाको लडाई लडिरहेको छ ।

Latest News

Nepal's No.1 Cricket Portal now in Nepali Language.

Follow us

Copyright © 2010-2017 Cricnepal.com. All Rights Reserved.

To Top