Blind Cricket

पहिलो सहभागितामा नै उपलब्धि हात पार्ने दाउमा नेपाल

आगामी जनवरी ७ देखि २१ सम्म हुने दृष्टिविहिन एकदिवसीय विश्वकप क्रिकेटमा पहिलोपटक सहभागिता जनाउन लागेको नेपाली टिमको आज विदाइ हुदैछ ।

पाकिस्तान र दुबईले संयुक्त रुपमा आयोजना गर्ने प्रतियोगिताको तयारी पुरा गरेको छ । विगत ५ महिनादेखि तयारी गरेको नेपाली टिमले छनोट चरणबाट खेलाडी छानेको थियो । सहभागि टिमको आज विदाइ हुदैछ । आर्थीक अभावका कारण यसअघिका चार वटा विश्वकप खेल्न नपाएको नेपाली टिमलाइ यसपटक साहस स्पोर्टस प्रायोजन गरेको थियो । गत भदौमा टिम छनोट गरेको संघले आर्थियक अभावका कारण नै १५ दिनमात्र विशेष क्याम्प राखेको थियो ।

यस पटकको विश्वकपमा सुरक्षाका कारण ६ राष्ट्रको मात्र सहभागिता रहेको छ । राउन्ड रोविन हुने प्रतियोगितामा नेपालले २ खेल जित्ने सके पनि सेमिफाइनल यात्राको लागि सहज हुनेछ । नेपालको पहिलो खेल ८ जनवरीमा पाकिस्तानको लाहोरमा बंगलादेशसँग रहेको छ । त्यसपछि फैसलावादमा जनेवरी ९ मा नेपालले भारत विरुद्ध खेल्नेछ । १० जनवरीमा पाकिस्तान विरुद्ध नेपालले चुनौती प्रस्तुत गर्नेछ । पछिल्लो संस्करणमा भारत विजेता र पाकिस्तान उपविजेता समेत हो । यस अघि सन् २०१२ को टि–२० विश्वकपमा बंगलादेशलाई हराए पनि अहिले उनीहरुको स्तर माथि पुगिसकेको छ । सन् २०१७ को टि–२० विश्वकपमा दक्षिण अफ्रिका र न्युजिल्यान्डलाई हराए पनि नेपाल नकआउट चरणमा पुग्न सकेको थिएन ।

नेपाल ११ जनवरीमा दुबई प्रस्थान गर्नेछन् । दुबईको अजमानमा नेपालले चौथो खेल १३ जनवरीमा अस्ट्रेलिया बिरुद्द खेल्नेछ भने १५ जनवरीमा श्रीलंका विरुद्ध नेपालले आफ्नो चुनौती प्रस्तुत गर्नेछ ।

Latest News

Nepal's No.1 Cricket Portal now in Nepali Language.

Follow us

Copyright © 2010-2017 Cricnepal.com. All Rights Reserved.

To Top