National News

नेपाल पाकिस्तानसंग नौ विकेटले पराजित

दृष्टिविहिन एकदिवशीय क्रिकेटको आफ्नो पहिलो खेलमा नेपाल पाकिस्तान संग नौ विकेटले पराजित भएको छ ।

गुजरानवाला स्थित जिन्नाह स्टेडियममा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित ४० ओभरमा पांच विकेट गुमाउदै दुइ सय ५८ रन बनाएको थियो । नेपालका लागि रमेश बहादुर बानिया ब्रदी चौलागाइले पहिलो विकेटका लागि एक सय पांच रनको साझेदारी गरेकाथिए । रमेशले ७२ वलमा ५९ रनको योगदान दिए । बद्रीले ४९ रन जोडे ।

पदम बहादुर बडैलाले ५० रन बनाउदा खिमानन्द गैरे ३० रनमा अविजीत रहे । वलिङ तर्फ पाकिस्तानका हारुन खानले एक विकेट लिए । नेपालका चार ब्याट्सम्यान रन आउट भएका थिए ।

जवाफमा दुइ सय ५९ रनको लक्ष्य पाकिस्तनाले १९ ओभर एक वलमा पुरा गर्यो । पाकिस्तानको सहज जीतमा बदर मुनिरले एक सय २६ रन बनाए । उनी रिटायर्ड हर्ट भएका थिए । घरेलु टोली पाकिस्तानको जारी विश्वकपमा यो लगतार दोस्रो जीत हो । यो संगै नेपालको एकदिवशीय विश्वकपमा यो डेब्यु खेल हो । अब दोस्रो खेल नेपालले भोली बंगलादेश संग खेल्नेछ ।

Latest News

Nepal's No.1 Cricket Portal now in Nepali Language.

Follow us

Copyright © 2010-2017 Cricnepal.com. All Rights Reserved.

To Top