Nepal Cricket

नेत्रहिन एकदिवसिय विश्वकप, नेपालको लगातार दोस्रो हार

पाकिस्तान र युएइको संयुक्त आयोजनामा भइरहेको नेत्रहिन एकदिवसिय विश्वकप क्रिकेटमा नेपालले लगातार दोस्रो हार ब्यहोरेको छ । हारपछि नेपालको सेमिफाइनलमा पुग्ने सम्भावना निकै कमजोर बनेको छ ।

पाकिस्तानमा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४० ओभरमा दुई सय ३४ रन बनायो । पाकिस्तान विरुद्ध दरिलो सुरुवात गरेको नेपालले आज भने राम्रो सुरुवात गर्न सकेन । २३ रन हुदा दुई विकेट गुमाएको नेपालले ५३ रन हुदा चार विकेट खेर फाल्यो । नेपालका लागि बद्रि चौलागाईले १६ रन बनाए । यस्तै पदम बदैलाले ३० रन बनाए ।

एकपछि अर्को विकेट गुमाएको नेपालले ७६ रन हुदा ६ विकेट खेर फाल्यो । सातौ विकेटका लागि खिमानन्द गैरे र क्रितन दुवालले ९२ रनको साझेदारी गर्दै टिमको पारी सम्हालेका थिए । खिमानन्दले ३४ रन बनाए भने कप्तान क्रितनले ६६ रनको योगदान गरे ।

जवाफमा बंगलादेशले ३३ ओभरमा ६ विकेट गुमाउदै लक्ष्य पुरा गरयो । २७ रन हुदा दुई विकेट गुमाएको ८९ रन हुदा तीन विकेट खेर फालेको थियो । त्यसपछि दुई सय दुई रन हुदा पाच विकेट गुमाएको बंगलादेशले अन्तत ३३ ओभरमा लक्ष्य पुरा गरयो ।

Latest News

Nepal's No.1 Cricket Portal now in Nepali Language.

Follow us

Copyright © 2010-2017 Cricnepal.com. All Rights Reserved.

To Top