Blind Cricket

श्रीलंकाले दियो ४९५ रनको लक्ष्य

पाकिस्तान र युएईमा जारि पाँचौ नेत्रहिन एकदिवसीय बिश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत नेपालले श्रीलंकाबाट ४९५ रनको लक्ष्य पाएको छ।

युएईको अज्मान ओभल क्रिकेट मैदानमा टस जितेर ब्याटिंग रोजेको श्रीलंकाले निर्धारित ४० ओभरमा ५ विकेट गुमाउदै श्रीलंकाले ४९४ रनको स्कोर बनाएको हो। श्रीलंकन टिमको लागि ओपनिंग ब्याटिंग गरेका डिमुथु रभिन्द्र अविजित १७० तथा चन्दना देशाप्रियाले अब्जित ११९ रनको योगदान दिए। यस्तै अर्का ब्याट्सम्यान प्रियान्थाले पनि अर्धशतकीय योगदान दिए जो रिटायर्ड आउट भए।

प्रतियोगितामा नेपालले यस अघि खेलेको २ वटै खेलमा पराजय बेहोरीसकेकोले श्रीलंकासंगको जित सेमीफाइनल प्रवेशको लागि महत्वपूर्ण रहेको छ। नेपालले अब अस्ट्रेलिया र भारतसंग खेल्न बाँकीछ।

Latest News

Nepal's No.1 Cricket Portal now in Nepali Language.

Follow us

Copyright © 2010-2017 Cricnepal.com. All Rights Reserved.

To Top