International News

न्युजिल्याण्डका कोलिन मुन्रोले रोहित र गेललाइ पछि पारे

न्युजिल्यान्डका ओपनिङ ब्याट्सम्यान कोलिन मुन्रोले टी–२० क्रिकेटमा नयाँ कीर्तिमान रेकर्ड बनाएका छन्। टी-२० फरम्याटमा तीन सतक प्रहार गर्दै मुन्रोले नयाँ किर्तीमान बनाएका हुन ।

वेस्ट इन्डिज विरुद्धको तेस्रो टी–२० खेलमा मुन्रोीले तेस्रो शतक प्रहार गर्ने क्रममा ४७ बलमा तीन चौका र १० छक्का प्रहार गरे । मुन्रो एक सय चार रनमा आउट भए।यसअघि मुन्रोदले ४ नोभेम्बर २०१७ मा भारतविरुद्ध शतक प्रहार गरेका थिए। उनले राजकोटमा भएको खेलमा शतक प्रहार गरेका थिए। उनले पहिलो टी–२० शतक भने ६ जनेवरी २०१७ मा बंगलादेशविरुद्ध प्रहार गरेका थिए। टी–२० क्रिकेटमा अहिलेसम्म ३० शतक बन्दा भारतका रोहित शर्मा र वेस्ट इन्डिजका क्रिस गेलले २–२ शतक प्रहार गरेका छन्। अन्य २३ खेलाडीले १–१ शतक बनाएका छन्।

Latest News

Nepal's No.1 Cricket Portal now in Nepali Language.

Follow us

Copyright © 2010-2017 Cricnepal.com. All Rights Reserved.

To Top