National News

भारतीय प्रशिक्षक मोन्टी देशाइलाइ नेपाल ल्याउने तयारी सुरु

फेब्रेवरीको दोस्रो साता नामिबियामा हुने आईसिसी बिश्व क्रिकेट लिग डिभिजन टु का लागि नेपाली टिमले शुक्रबार बाट तयारी सुरु गर्दैछ । जसका लागि नेपाली टिमको ब्याटिङ प्रशिक्षकका लागि भारतीय प्रशिक्षक मोन्टी देसाइलाइ ल्याउने प्रक्रिया अगाडि बढेको छ ।

बिश्व क्रिकेट लिग च्याम्पियनसिपमा खराब ब्याटिंग गरेका कारण देशाइलाई ब्याटिङ प्रशिक्षकमा ल्याउने तयारी भइरहेको हो । नेपालले अब नामिवियामा डिभिजन टु मा प्रतिस्पर्धा गर्नेछ । यो प्रतियोगतामा शिर्ष दुइमा परेमा नेपालले विश्कवप छनोट खेल्न पाउनेछ । जुन मार्च महिनामा हुनेछ । देशाइलाइ डिभिजन टु र विश्वकप छनोटका लागि विशेष तयारीका लागि नेपाल ल्याउन लागिएको हो । नेपाल सरकारको समन्वय र अन्तराष्ट्रिय क्रिकेट परिषदको पहलमा देशाइलाइ नेपाल ल्याउन लागिएको हो । जसका लागि आइसीसीमा उनको फाइल पठाइसकेको छ । राष्ट्रिय खेलकुद परिषदले पनि यसका लागि स्विकृती दिइसकेको छ ।

देशाइको तलव र नेपाल बसाइको खर्च कसले ब्यहोर्ने भन्ने एकिन भइसकेको छैन । यसका साथै देशाइको मासिक तलव कति हुने भन्ने पनि सार्वजनिक हुन बाकि छ । यसअघि श्रीलकन प्रशिक्षक पुबुदु दशानायकेले मासिक आठ हजार अमेरीकी डलर तलव पाएका थिए । तर सो बेला क्यान अस्तित्वमा रहेको थियो । देशाइका बारेमा आइसीसीले यो सातामा जवाफ पठाउने बुझिएको छ ।

देशाइले सन् २०१५ मा आयरल्यान्डमा भएको टी ट्वान्टि विश्वकप छनोट खेल र स्कटल्यान्ड विरुद्दको विश्व क्रिकेट लिगमा नेपाली टोलिको ब्याटिङ कन्सल्टेन्टका रुपमा नेपाल आएका थिए । यसका साथै उनले यू १९ एसिया कप छनोट खेलका लागि नेपाली टिम हेरेका थिए ।

Latest News

Nepal's No.1 Cricket Portal now in Nepali Language.

Follow us

Copyright © 2010-2017 Cricnepal.com. All Rights Reserved.

To Top