National News

मकवानपुरमा राष्ट्रियस्तरको क्रिकेट मैदान तयार

मकवानपुर क्रिकेट संघको प्राविधिक सहयोग र जिल्ला खेलकुद विकास समितिको संयोजनमा हेटौँडाको हुप्रचौरमा राष्ट्रियस्तरको खेल्न योग्य मैदान तयार भएको छ। मैदान तयार हुन २ बर्ष लागेको आयोजकले जनाएका छन् । करिब ३० लाखको लागतमा क्रिकेट पिच, मैदानसहित मर्निङ ट्याकसमेत निर्माण भएको छ ।

हुप्रचौरमा विगतमा खाल्डाखुल्डीका साथै झाररहित मैदान र उपयुक्त पिचबीनै क्रिकेट प्रतियोगिता र अभ्यास गर्नु बाध्यता थियो । तर अव त्यस्तो बाध्यता हटेको छ । उनका अनुसार हुप्रको १४० मिटर लम्बार र १२० मिटर चौडाइको जमिनलाई उपयुक्त क्रिकेट मैदानका रुपमा निर्माण गरिएको हो ।

क्रिकेट विकासकै लागि भनेर छुट्ट्याइएको रु १५ लाखमा केही रकम एथ्लेटिक्स संघ, मकवानपुरले म्याराथुन ट्र्याक निर्माणमा खर्चिएको छ । मकवानपुरमा उपयुक्त म्याराथुन ट्र्याक पनि निर्माण भएको छैन । करिब चार लाख खर्चिएर निर्माण गरिएको म्याराथुन ट्र्याकले भने पूर्णता पाएको छैन ।

Latest News

Nepal's No.1 Cricket Portal now in Nepali Language.

Follow us

Copyright © 2010-2017 Cricnepal.com. All Rights Reserved.

To Top