Opinion

इपिएलले थपेको उर्जा र नया अायाम

EPLT20 Biratnagar Warriors Winner

नेपाली क्रिकेट अहिले अविभावक विहिन छ । निलम्बनमा रहेको नेपाल क्रिकेट संघको विवाद कहिले सुल्झिने हो थाहा छैन् । यस्तो अवस्थामा पनि निजी क्षेत्रको सक्रियतामा भइरहेको प्रतियोगिताहरुले भने खेलाडीलाइ ठुलो राहत दिएको छ । राजधानीमा सम्पन्न एभरेस्ट प्रिमियर लिग इपिएल निजी क्षेत्र बाट भएको पछिल्लो प्रतियोगिता हो जसले घरेलु क्रिकेटको विकासमा नया आयम थपेको छ ।

इपिएल कति सफल भयो भन्ने कुरा फाइनलमा टियु मैदानमा उपस्थित दर्शकको संख्यालेनै प्रष्ट पारेको छ । घरेलु क्रिकेट हेर्न करिब १६ हजार दर्शक मैदान पुग्नुले इपिएलको ब्यस्थापन, स्तर र क्रेजलाइ मापन गर्छ । अक्सन बाट खेलाडीको छनौट, विदेशी खेलाडी , टियु मैदानमा उपलब्ध सेवा सुविधा लगायतका कारण इपिएल घरेलु क्रिकेटमा भएको अहिले सम्मको उच्च स्तरको प्रतियोगिता बनेको छ ।

१३ दिन सम्म चलेको प्रतियोगिताले खेलाडीलाइ जति उत्हासि बनायो त्यतीनै उत्साह दर्शक र क्रिकेटमा लगानी गर्न चाहने निजी क्षेत्रमा रह्यो । जसको उपाधी विराटनगर वारियर्सले भैरहवा ग्ल्यार्डियर्सलाइ नाटकिय ढंगले एक रनले पराजित गर्दै जित्यो । उपाधी जसले जितेपनि इपिएलले भने शुन्य जस्तै रहेको घरेलु क्रिकेटमा ठुलो योगदान गरेको बुझाइ छ कप्तान पारस खडकाको ।

ट्वान्टी ट्वान्टी फरम्याटमा भएको इपिएलको सवैभन्दा सुन्दर पक्ष भनेको यो खेल हेर्न मैदान पुगेका दर्शकनै हुन् । कुनैपनि खेलको लोकिप्रयता दर्शकको उपस्थितीलेनै निर्धारण गर्छ । एसोसिएट राष्ट्रमा सवैभन्दा बढी क्रिकेटको क्रेज भएको देश नेपालनै हो , यसअघि अन्तराष्ट्रिय खेलमा मात्र देखिने समर्थक घरेलु क्रिकेटमा पनि आकर्षित भएसंगै इपिएलको आयोजकलाइ अझ राम्रो गर्न हौसला मिलेको छ ।

निजी स्वार्थका लागि क्रिकेटलाइ आफ्नो हतियार बनाइरहेका पदाधिकारीहरुलाइ पनि इपिएलले गतिलो झापड दिएको छ । यस्ता प्रतियोगिताले नेपालको क्रिकेटलाइ अर्को स्तरमा पु¥याउनेमा कुनै शंका छैन् । यी सवका बाबजुत पनि जब सम्म नेपाल क्रिकेट संघको समस्या समाधान हुदैन क्रिकेटको विकास सम्भव छैन् । समस्या समाधानका लागि कांनमा तेल हालेर बसेकाहरुलाइ टियु मैदानमा गुन्जिएको आवाजले अलिकति भएपनि झकझक्याएको होला त ?

Latest News

Nepal's No.1 Cricket Portal now in Nepali Language.

Follow us

Copyright © 2010-2017 Cricnepal.com. All Rights Reserved.

To Top