International News

भारतको जितको यात्रामा लाग्यो पुर्णविराम

दक्षिण अफ्रिका विरुद्धको पहिलो टेष्टमा पहिलो टेष्टमा भारतले लज्जास्पद हार ब्यहोरेको छ । घरेलु मैदानमा भएको खेलमा दक्षिण अफ्रिकाले भारतलाइ ७२ रनले पराजित गरयो ।

दाेस्राे पारीमा २०८ रनकाे लक्ष्य पछ्याएकाे भारत १ सय ३५ रनमा अलअाउट भयाे। चाैथाे दिन लक्ष्य पछ्याएकाे भारतका रवी चन्द्र अाश्विनले सर्बाधिक ३७ रन जाेडे। कप्तान विराट काेहलीले २८ रन जाेडे भने शिखर धवन १६, मुरली बिजय १३, राेहित शर्मा १० रनमा अाउट भए।

दक्षिण अफ्रिकाका फिलिन्डरले ६ विकेट लिएपछि भारत सहज रूपमा पराजित भएकाे हाे। उनीसँगै माेर्कल र रबाडाले समान २ विकेट लिए। त्यसअघि दाेस्राेपारीमा दक्षिण अफ्रीकाले पनि राम्राे ब्याटिङ गर्न सकेकाे थिएन्। उसकाे पुरै टिम १३० रनमा अलअाउट भएकाे थियाे। साे क्रममा एबी डिभिलियर्सले सर्बाधिक ३५ रन जाेडेका थिए। भारतका माेहम्मद शामी र जसप्रित बुम्रहाले समान ३-३ विकेट लिएका थिए।

Latest News

Nepal's No.1 Cricket Portal now in Nepali Language.

Follow us

Copyright © 2010-2017 Cricnepal.com. All Rights Reserved.

To Top