National News

हात्ति छिरयो पुच्छर अड्क्यो मुलपानी मैदानको काम

मूलपानीका तल्लो क्रिकेट मैदान जुन नेपाल सरकारको लगानीमा भइरहेको छ त्यो मैदानको एकपटि प्याराफिट बनिसकेको छ भने अर्को तिर जग्गा मुआब्जा नै लिन सकेको छैन । २०७१ सालदेखि निर्माण कार्य सुरु भएपनि करिब ५२ आनाको मुआब्जाको कुरा नमिल्दा लगानीले पुर्णता पाउन सकेको छैन ।

मुआब्जा विवाद समाधानतर्फ सरकारी उदासिन्ताले गर्दा निर्माणाधिन अवस्थामा रहेकोे अन्तर्रा्ष्ट्रिय क्रिकेट मैदानले गति लिन नसकेको हो । तर, मूलपानी अन्तराष्ट्रिय क्रिकेट मैदान निर्माण कार्यमा सुस्तता आउनुमा परिषदले युवा तथा खेलकुद मन्त्रायललाई दोशी ठहरयाउछ ।

मैदानमा पर्ने ५२ आना जग्गाको विवाद छिनोफानो गर्न मन्त्रालयले तदारुकता नदेखाएको राखेप सदस्य सचिव केशव कुमार विष्टले आरोप लगाएका छन् ।

मन्त्रालय बाधक

राष्ट्रिय खेलकुद परिषद् आफैंले निर्माण कार्य थालेको मूलपानी मैदानका जग्गाको मुवाब्जा लिन नसकेपछि परिषद चुम बसेको छ। विवाद मिलाउन नसकेपछि परिषद सरकारको मुख ताकेर बसेको छ । सो जग्गामा घर निर्माण हुनुका साथै एउटा चर्चपनि बसेको छ । तर तीन बर्ष भन्दा बढी समय यो जग्गा मुवाब्जा लिनका लागि सरकारले बजेट पनि छुट्यायो तर सधै बजेट फ्रिज हुन पुग्यो ।

यतिबेला परिषद जग्गा विवाद मिलाउनमा मन्त्रालयले काम नगरेको बताइरहेको छ । यो मैदानको मुवाब्जाका विषयमा बुझन गृह मन्त्री देखि अर्थमन्त्री र खेलकुद मन्त्री बारम्बार गइसकेका छन । तर काम भने हुन सकेको छैन ।

जग्गावाला र सरकारी रेट नमिल्दा मुवाब्जाको काम रोकिएको छ । सरकारले पाच लाख प्रतिआना दिने भनेपनि स्थानियले १० लाख रुपैया प्रतिआना मागिरहेका छन । जसका कारण मैदानको काम रोकिएको छ भने दोस्रो चरणको टेन्डर आह्वान गर्न सकिएको छैन । अब परिषदले जग्गा मुवाब्जाका लागि क्याविनेटको निर्णय ताकेर बसिरहेको छ ।

त्यसो त सरकारले जग्गाको विवाद अन्तिम चरणमा पुगेको करिब २ वर्षदेखि बताउदै आएको छ । तर, सरकारले जग्गा धनीलाई मुआब्जा दिने वा जग्गाको बदला जग्गा नै उपलब्ध गराएर स्थानान्तरण गर्न सकिरहेको छैन ।

पहिलो चरणको निर्माण ठेक्काअनुसार अहिलेसम्म मूलपानी अन्तर्रा्ष्ट्रिय क्रिकेट मैदानको प्याराफिटतर्फको ३ वटा ब्लक बनेको छ । त्यस्तै, मैदान सम्याउने काम भएको छ । मैदानकै केही भागमा व्यक्तिगत जग्गाको विवाद समाधान नहुँदा त्यो काम पनि अधुरै रहेको छ ।

२०७१ सालमा टेण्डर आह्वान गरेर निर्माण कार्य अघि बढेको यो रंगशाला अहिलेसम्म पहिलो चरणको काममात्रै सम्पन्न भएको छ । प्रेरा मुन्ना एण्ड आचार्य जेवी कम्पनीले गत वर्षमा नै सक्नुपर्ने थियो । तर, विभिन्न कारण देखाउँदै ठेकेदार कम्पनीले करिब डेढ वर्षभन्दा बढी समय लगाएर सम्पन्न गरेको हो ।

प्रेरा मुन्ना एण्ड आचार्य जेवी कम्पनीका प्रतिनिधी गणेश आचार्यले राखेपसँग आफ्नो निर्माण कार्य सकियो भनेर विल बुझाई सकेको बताए । मैदान सम्याउने र दुबो रोप्ने तथा ३ वटा ब्लग बनाउन १७ करोड ५१ लाखभन्दा बढी लागिसकेको छ ।

Latest News

Nepal's No.1 Cricket Portal now in Nepali Language.

Follow us

Copyright © 2010-2017 Cricnepal.com. All Rights Reserved.

To Top