National News

डिभिजन टु का लागि नेपालको बन्द प्रशिक्षण सुरु

आइसीसी विश्व क्रिकेट लिग डिभिजन टु का लागि नेपालको आज बाट बन्द प्रशिक्षण सुरु भएको छ । नामिबिया टुरका लागि पहिलो चरणमा २१ जना खेलाडीलाइ बोलाइएको छ ।

विश्व क्रिकेट लिग च्याम्पियनसिपको शीर्ष चारमा नपरेपछि नेपाल डिभिजिन टु मा घटुवा भएको थियो । नेपालका लागि सन २०१९ मा हुने एकदिवशीय विश्वकपको छनोट खेल्ने एकमात्र विकल्प डिभिजन टु हो । त्यसैले नेपाली क्रिकेटका लागि लागि नामिबिया टुर महत्वपुर्ण रहेको छ । नेपालले नामिबिया जानु अघि दक्षिण अफ्रिका अतथा दुवइको टुर गर्ने गर्ने बताइएको छ ।

आइसीसी संग दक्षिण अफ्रिकामा गएर कम्तीमा पनि दश दिन अभ्यास गर्न नेपालले पत्र पठाइसकेको छ । यदि दक्षिण अफ्रिका नभए आइसीसीले दुवइ विकल्प दिएको प्रशिक्षक जगत टमाटाको भनाइ छ । नेपालले डिभिजन टु लाइ मध्यजनर गर्दै कन्सलट्यान्ट ल्याउन पनि तयारी गरेको छ । तर कसलाइ ल्याउने भन्ने बारे भने टुंगो लागिसकेको छैन् ।

किर्तिपुर स्थित टियु मैदानमा सुरु तयारीमा सवै २१ खेलाडी उपस्थित छन । यसपटकको अभ्यास बढी स्किल्समा केन्द्रित हुने बताइएको छ । नियमित राष्ट्रिय टिममा रहेका विनोद भन्डारी, सागर पुनको स्थनमा अन्डर नाइन्टिनका खेलाडी रासिद खान, किशोर महतो, रोहित पौडेल जस्ता युवा खेलाडीलाइ स्थान दिइएको छ ।

आठ फेब्रुअरी देखी सुरु हुने डिभिजन टु मा नेपाल सहित नामिबिया, क्यानडा, ओमान, केन्या र युएइ छन । ६ टिम मध्ये शीर्ष दुइमा रहने टोली ले विश्वकप छनौट खेल खेल्ने अवसर पाउनेछन ।

Latest News

Nepal's No.1 Cricket Portal now in Nepali Language.

Follow us

Copyright © 2010-2017 Cricnepal.com. All Rights Reserved.

To Top