National News

नेपालले भोली देखि प्रशिक्षण सुरु गर्दै, रोहित र सुनिललाइ क्याम्पमा बोलाइयो

Nepal Cricket team

आइसीसी विश्व क्रिकेट लिग डिभिजन टु का लागि नेपाली राष्ट्रिय क्रिकेट टिमले भोली देखि तयारी सुरु गर्दैछ । पहिलो चरणमा २२ जना खेलाडीलाई बन्द प्रशिक्षणमा राखेर तयारी गर्न लागेको नेपाली टिममा केहि नया खेलाडीलाई पनि स्थान दिइएको छ ।

नामिवियामा फेब्रेवरी आठ देखि सुरु हुने प्रतियोगिताको पहिलो चरणमा को को खेलाडी परेका छन भन्ने बारेमा आज विज्ञेप्ती मार्फत जानकारी दिइनेछ । तर बुझिए अनुसार एभरेष्ट प्रिमियर लिगमा उत्कृष्ट प्रदर्शन गर्दै सबैलाई प्रभावित गरेको रोहितकुमार पौडेललाई बन्द प्रशिक्षणमा पहिलो पटक बोलाइएको छ । भैरहवाबाट खेलेका रोहितले टिमलाई फाइनल पुरयाउन महत्वपुर्ण भुमिका खेलेका थिए । यस्तै अन्डर नाइन्टिन टिमका अर्का खेलाडी अनिलकुमार शाहलाई पनि क्याम्पमा राखिएको छ ।

डब्लुसिएल अन्तर्गत युएइ विरुद्धको खेलमा टिममा नपरेपनि केन्या र अमेरीका विरुद्धको अभ्यास खेलमा उनले खेल्ने मौका पाएका थिए । सोहि बेला दिपेन्द्रसिंह ऐरी घाइते भएपछि उनी टिममा अटाएका थिए । तर मैदानमा प्रदर्शन गर्न भने पाएनन । एभेरेष्ट प्रिमियर लिगमा नेपाली खेलाडी मध्ये राम्रो ब्याटिङ गरेको सुनिल धमलाले पनि पुन २२ खेलाडीमा स्थान बनाएका थिए । इपिएलमा विदेशी खेलाडीको बर्चश्व रहेका बेला पोखराबाट खेलेका धमलाले आफनो फर्मलाई कायम राख्न सफल भएका थिए ।

यसअघि धमला घरेलु मैदानमा केन्या विरुद्ध भएको खेलमा पनि टिममा परेका थिए । सो बेला उनले नेपालको पारीको सुरुवात गर्ने मौका पाएका थिए । बाकि खेलाडीहरुमा पुरानै अनुहार रहेका छन । प्रशिक्ष्ँक जगत टमाटाले यसपटक टिममा परिवर्तन हुन सक्ने बताएका छन । उनले नया खेलाडीले क्याम्पमा राम्रो गरेमा पुराना खेलाडीलाई प्रतिस्थापन गर्न सक्ने बताएका छन ।

Latest News

Nepal's No.1 Cricket Portal now in Nepali Language.

Follow us

Copyright © 2010-2017 Cricnepal.com. All Rights Reserved.

To Top