Blind Cricket

दुख पाउदै बल्ल पाकिस्तान पुग्यो नेपाली टिम

पाकिस्तान र दुवईमा हुने दृष्टीविहिन एकदिवसिय विश्वकप क्रिकेटका लागि नेपालबाट हिडेको करीव पाच दिन पछि नेपाली क्रिकेट टिम गएराति पाकिस्तान पुगेको छ ।

निकै दुख पाउदै रोडको बाटो पाकिस्तान पुगेको टिमलाई भब्य रुपमा स्वागत गरियो । पाकिस्तानी मिडियाका साथै आयोजकले नेपाली टिमलाई विशेष रुपमा स्वागत गरे । बजेट अभावका कारण सोमबार रोडको बाटोबाट भारत हुदै चार दिनमा पाकिस्तान पुग्ने लक्ष्यका साथ हिडेको नेपाली टिम भारतको गोरखपुरमा पुरै एक रात र आधा दिन रोकियो ।

अमृतसरका लागि जाने रेल अवरुद्ध भएपछि टिमले पुरै रात र अर्को आधा दिन गोरखपुरमा नै वितायो । गोरखपुरबाट बल्ल टिम नया दिल्ली बस खोजेर गयो । तर बस पाउन पनि टिमलाई निकै कठिन भयो । एक त शारिरीक रुपमा अशक्त त्यसमा पनि परदेशमा पाएको दुख त्यसले टिमलाई मानसिक रुपमा ठुलो तनाव भयो । अमृतसरबाट भारत र पाकिस्तानको बोडर हुदै नेपाली टिम गएराति पाकिस्तान पुगेको हो ।

दृष्टिविहिन क्रिकेट खेलाडीका लागि क्रिकेट सपोर्ट सोसाइटीले फन्ड सङकलन सुरु गरेको छ । जुन यतिबेला विश्वब्यापि बनेको छ । खेलाडीको सहयोगका लागि खेलाडी मात्र होइन नेता र सर्व साधारणले एकपछि अर्को रुपमा रकम जम्मा गरिरहेका छन ।

परिवर्तन भयो खेल तालिका
भारतले पाकिस्तानमा नखेल्ने भन्दै नाम फिर्ता लिएपछि दृष्टीविहिन विश्वकप क्रिकेटको खेल तालिका नै परिवर्तन भएको छ । अब प्रतियोगितामा नेपालसहित ६ देशको सहभागिता हुनेछ । भारतले पाकिस्तानसंग उसकै मैदानमा आठ तारिखमा खेल्ने पुर्व तालिका भएपछि अन्तिम समयमा अब परिवर्तन भएकोछ । पाकिस्तान भ्रमणका लागि अनुमती नपाएपछि अब टिमले दुबइमा मात्र आफना खेल खेल्नेछ । यसका साथै नेपालको खेल तालिका पनि परिवर्तन भएको छ । यसअघि आठ तारिखमा नेपालले बंगलादेश संग खेल्ने रहेपछि अब नौ तारिखमा पाकिस्तानसंग खेल्नेछ ।

यस्तै नेपालले दोश्रो खेलमा १० जनवरीमा बंगलादेशसंग इकबाल स्टेडियममा खेल्नेछ। तेश्रो खेल श्रीलंकासंग १३ जनवरीमा युएईको अज्मान ओभल मैदानमा, चौथो खेल १४ जनवरीमा भारतसंग इडन गार्डेन मैदान युएईमा तथा लिगको पाँचौ अन्तिम खेलमा अस्ट्रेलियासंग एमसीसी मैदान युएईमा १५ जनवरीमा खेल्नेछ।

Latest News

Nepal's No.1 Cricket Portal now in Nepali Language.

Follow us

Copyright © 2010-2017 Cricnepal.com. All Rights Reserved.

To Top