National News

नेपाल दृष्टिविहिन क्रिकेट टिम, रेल अवरुद्ध भएपनि बसबाट अमृतसरमा

पाकिस्तानमा आयोजना हुने दृष्टिविहिन एक दिवसिय विश्वकप क्रिकेटमा सहभागिता जनाउन त्यस तर्फ लागेको नेपाली टिम विच बाटोमा नै अलपत्र परेको छ । भारतको गोरखपुरबाट अमृतसहर जाने रेल सेवा अबरुद्ध भएपछि नेपाली टोली गोरखपुरमै अडकीएको छ ।

बजेट अभावमा भारत हुँदै पाकिस्तान यात्रामा निस्केको नेपाली टोलीका चडने अमृतसर सम्मको रेल अवरुद्ध भएपछि नेपाली टिम अडकिएको हो । गएराति साढे सात बजे टिम रेलबाट अमृतसरका लागि हिडनुपर्ने थियो । तर रेलका कारण रोकिन पुग्यो । तर करीव साढे चार घण्टापछि टिमले बसको ब्यवस्थापन गर्दै १२ बजे राति अमृतसर गएको हो । पाँचौ संस्करणको एक दिवसीय दृष्टिविहीन क्रिकेट प्रतियोगिता जनवरी सात देखि २१ सम्म पाकिस्तान र दुबईमा संयुक्त रुपमा आयोजना हुँदैछ । दृष्टिविहीन टि–२० विश्वकपको अनुभव बटुलिसकेको नेपालले पहिलोपटक एकदिवसीय क्रिकेटको विश्वकप खेल्न लागेको हो । प्रतियोगितामा ६ राष्ट्र रहेका छन् ।

यता नेपाल क्रिकेट सपोटर्स सोसाइटीको पहलमा दृष्टी विहिन क्रिकेट खेलाडीको सहयोगका लागि अभियान सुरु भएको छ । जसमा राष्ट्रिय टिमका कप्तान पारस खडकाले ५० हजार रुपैया सहयोग गर्ने बताएका छन ।

Latest News

Nepal's No.1 Cricket Portal now in Nepali Language.

Follow us

Copyright © 2010-2017 Cricnepal.com. All Rights Reserved.

To Top