National News

दक्षिण अफ्रिकामा नेपालले ४ अभ्यास खेल खेल्ने

अागामी महिना नामिबियामा आयोजना हुने विश्व क्रिकेट लिग डिभिजन टु मा सहभागि हुनु अगाडी नेपालले दक्षिण अफ्रिकामा चार अभ्यास खेल खेल्नेछ ।

दक्षिण अफ्रिकामा करिब १० दिनको बसाईमा नेपालले स्थानिय टिमसग अभ्यास खेल खेल्ने भएको हो । आईसीसी विश्व क्रिकट लिग च्यम्पियनसिपबाट सोझै छनौट हुन नसकेको नेपाल डिभिजन २ मा घटुवा भएको थियो । यस अघिको डिभिजन टु मा पनि आफ्नो तयारीका क्रममा नेपालले दक्षिण अफ्रिकामा अभ्यास खेलहरु गरेको थियो ।

डिभिजन टु मा नेपाल सँगै आयोजक नामेबिया, केन्या, युएई घटुवा भएका हुन् भने ओमान र क्यानडा डिभिजन थ्री बाट टु मा बढुवा भएका हुन् ।फेब्रअरी ८ देखि १५ तारिखसम्कोम हुने डिभिजन २ मा शिर्ष दुइ टिमले मार्चमा हुने विश्वकप छनोटमा स्थान बनाउनेछन । नेपाली टोलीले यहि शुक्रवारबाट २२ जना खेलाडी राखेर बन्द प्रशिक्षण पनि शुरु गर्दैछ । त्यस्तै नेपाली टोलीले भारतका मोन्टि देशाईलाई ब्याटिङ कोचका रुपमा प्रशिक्षण दिनका लागि नेपाल ल्याउने तयारी पनि गरेको छ ।

Latest News

Nepal's No.1 Cricket Portal now in Nepali Language.

Follow us

Copyright © 2010-2017 Cricnepal.com. All Rights Reserved.

To Top