National News

सागर, विनोद र महबुब आउट, नेपाल टिममा परिवर्तन हुने स‌ङकेत

आइसीसी विश्व क्रिकेट लिग डिभिजन टु मा नेपाली टिममा धरै परिवर्तन हुने देखिएको छ । भोलीबाट प्रशिक्षण सुरु गर्ने तयारीमा रहेको नेपाली टिमको सुरुवाती २२ खेलाडीमा युवा खेलाडी रोहित पौडेल, सुनिल धमला र अनिलकुमार शाहले स्थान बनाउदा पछिल्लो पटक खराव फर्ममा रहेका सागर पुन, विनोद भण्डारी र महबुब आलम परेका छैनन ।

नामिवियामा हुने प्रतियोगिताका लागि प्रशिक्षक जगत टमाटाले आइसीसीको स्विकृतीमा २२ खेलाडीबाट पहिलो चरणको क्याम्प सुरु गर्दैछन । जसमा बारम्बार ब्याटिङमा असफल भएका सागर पुन र विनोद भण्डारी फालिएका छन । यस्तै महबुव आलमलाई पनि स्थान दिइएको छैन ।

विश्व क्रिकेट लिग च्याम्पियनसिपमा सागर र विनोदलाई धेरै पटक मौका दिएको थियो । तर उनले आफनो फर्मलाई सुधार गर्न सकेका थिएनन । अन्तिम पटक युएइ विरुद्धको खेलमा पनि दुबै खेलाडीलाई अन्तिम मौका भनेर टिममा राखेको थियो तर त्यसमा पनि दुबै जना असफल भएका थिए । युएइको खेल अगाडी आलमले भने स्वास्थ्य समस्या देखाउदै नाम फिर्ता लिएका थिए ।

त्यसपछि काठमाडौमा भएको एभरेष्ट प्रिमियर लिगमा पनि विनोद र सागर दुबै फ्लप भएका थिए भने महबुबको प्रदर्शन पनि औशत रहेको थियो । अब यी खेलाडीलाई रोहित, सुनिल र अनिलले रिप्लेस गर्ने भएका छन ।

Latest News

Nepal's No.1 Cricket Portal now in Nepali Language.

Follow us

Copyright © 2010-2017 Cricnepal.com. All Rights Reserved.

To Top