National News

ब्याटिङ कन्सलटयान्टको खोजिमा नेपाली टिम, देसाइ आउने अनिश्चित

नामिविया हुने विश्व क्रिकेट लिग डिभिजन टु का लागि नेपाली क्रिकेट टिमले तयारी सुरु गरिसकेको छ । तर प्रतियोगिताका लागि नेपाली टिमको ब्याटिङ प्रशिक्षक को ल्याउने भन्नेमा अझै टुङगो लाग्न सकेको छैन ।

नामिवियामा फेब्रेवरी ६ देखि सुरुहुने प्रतियोगिता आउन एक महिना भन्दा कम समय बाकि रहेका बेला टिमले तयारीलाइ तिब्रता दिएपनि ब्याटिङ कोच कसलाइ ल्याउने भन्ने एकिन हुन सकेको छैन । यसअघि भारतीय प्रशिक्षक मोन्टी देशाइलाइ ब्याटिङ कोचका रुपमा ल्याउने तयारी गरेपनि अन्तिम समयमा उनि आउने सम्भावना न्युन बनेको छ ।

देशाइलाइ ल्याउने भनेर आइसीसी सामु नेपालले प्रस्ताव राखेको थियो । तर खेलकुद परिषदले ६ महिनाका लागि मात्र ल्याउने भनेपछि उनको नेपाल यात्रा अनिश्चित बनेको हो । देशाइ लामो समयका लागि नेपाली टिममा अनुबन्ध हुने चाहनामा थिए । तरपरिषदको यो भनाइ पछि उनको सो योजना फिका बनेको छ । अब नेपाली टिमले देशाइको विकल्प खोज्न थालेको छ ।

प्रशिक्षक टमाटाका अनुसार अहिले तीन जना भारतीय प्रशिक्षकले आफनो विवरण पठाएको र टिमसंग छलफल गरेपछि उपयुक्त ब्यक्तिका लागि आइसीसीमा पहल गर्ने बताए । नेपाली टिमको ब्याटिङ कन्सल्टयान्टका लागि यतिबेला मुम्बइका सोलेन्के कुलकर्णे, हैदरावादका अभिजित तथा एक अर्को भारतीय प्रशिक्षकसंग कुरा भइरहेको टमाटाले बताए । देशाइ यसअघि पनि सिनियर र जुनियर टिमको ब्याटिङ कन्सल्ट्यान्ट भइसकेका छन ।

Latest News

Nepal's No.1 Cricket Portal now in Nepali Language.

Follow us

Copyright © 2010-2017 Cricnepal.com. All Rights Reserved.

To Top