Blind Cricket

नेपालले पाकिस्तानलाइ २५९ रनको लक्ष्य

पाचौ दृष्टिविहिन क्रिकेट विश्वकपमा नेपालले पहिलो खेलमा पाकिस्तानलाइ २५९ रनको लक्ष्य दिएको छ ।
पाकिस्तानको गुजनरानवाला स्थित जिन्नहा क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारीत ४० ओभरमा पाच विकेट गुमाउदै दुई सय ५८ रन बनायो ।
नेपालका लागि ओपनरद्धय रमेशबहादुर बानिया र बद्रि चौलागाइले एक सय पाच रनको बलियो साझेदारी गरेका थिए । बद्रिले ४७ रनको योगदान गरे । त्यसपछि क्रिजमा आएका पदमबहादुर बानिया २१ रनमा आउट भएपछि नेपालले १७१ रनमा दोस्रो विकेट गुमायो । नेपालको स्कोर १९८ रनहुदा चार विकेट गुमायो । नेपालका लागि पदमले पदम बडैला र रमेश बानियाले अर्धसतक प्रहार गरे ।

Latest News

Nepal's No.1 Cricket Portal now in Nepali Language.

Follow us

Copyright © 2010-2017 Cricnepal.com. All Rights Reserved.

To Top