International News

पाकिस्तान ८ विकेटले पराजित, न्युजिल्याण्ड सिरिजमा २-० ले अगाडी

न्युजिल्याण्ड विरुद्धको दोस्रो एकदिवसिय खेलमा पाकिस्तान ८ विकेटले पराजित भएकाे छ। जितसँगै न्युजिल्याण्डले ५ एकदिवसीय सिरिजमा २-० काे अग्रता लिएकाे छ।

साक्सटन मैदानमा टस जितेर पहिले ब्याटिङ गरेकाे पाकिस्तानले ५० अाेभरमा ९ विकेट गुमाएर २४६ रन बनाएकाे थियाे। उसका माेहम्मद हफिजले ६० तथा सदाव खानले ५२ रनकाे पारी खेलेका थिए। बलिङमा न्युजिल्याण्डका फर्गिन्सनले ३ तथा टीम साउदी र अस्टलेले समान २ विकेट लिए।

न्युजिल्याण्डले १४ अाेभरकाे खेल खेल्दा वर्षाले खेल प्रभावित बन्याे। साे समय उसकाे स्काेर ६५ रनमा २ विकेट गुमाएकाे स्थिती थियाे। त्यसपछि डिएल म्याथडकाे अाधारमा २५ अाेभरमा १५१ रनकाे लक्ष्य पाएकाे न्युजिल्याण्डले २३.५ अाेभरमा लक्ष्य भेटायाे। गुप्टिलले ७१ बलमा ८६ रनकाे नटअाउट पारी खेले। साे क्रममा उनले ५ चाैका र ५ छक्का प्रहार गरे। त्यस्तै, उसका टेलरले ४५ रन जाेडे। पाकिस्तानका माेहम्मद अामिर र फाेहिम असरफले समान १-१ विकेट लिए।

Latest News

Nepal's No.1 Cricket Portal now in Nepali Language.

Follow us

Copyright © 2010-2017 Cricnepal.com. All Rights Reserved.

To Top