Nepal Cricket

पाकिस्तान मात्र ७४ रनमा आउट, सिरीज गुमायो

न्युजिल्याण्ड विरुद्धको तेस्रो एकदिवसिय खेलमा पाकिस्तान एक सय ८३ रनले पराजित भएको छ । हारपछि पाकिस्तानले पाच खेलको श्रृखला दुई खेल बाकि हुदै गुमाएको छ ।

न्युजिल्याण्डको डुनेडिन क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टिमले रोस टेलर र केन विलियम्सनको अर्धसतकको मद्दतले दुई सय ५७ रन बनायो । मार्टिन गुप्टिलले ७३ रन बनाए भने टेलरले ४२ रनको योगदान गरे । बलिङ तर्फ पाकिस्तानका हसन र रइस अलीले तीन तीन विकेट लिए ।

जवाफमा पाकिस्तान २७ ओभर दुई बलमा मात्र ७४ रनमा अलआउट भयो । उसका तीन खेलाडीले मात्र दोहोरो अंक छुन सके । जसमा रइसले १६ र आमीरले १४ रन बनाउदा अहमद १४ रनमा अविजीत रहे । बलिङ तर्फ ट्रेन्ट बाउल्टले पांच विकेट हात पारे । यस्तै कोलिन मुन्रो र लकि फर्गुसनले दुई दुई विकेट हात पारे ।

एकदिवसीय क्रिकेटमा सर्वाधिक कम योगफल जिम्बावेको रहेको छ । उसलाई श्रीलंकाले सन् २०१४ मा ३५ रनमै समेटेको थियो । पाकिस्तानलाई वेष्ट इण्डिजले सन् १९९३ मा ४३ रनमा समेटेको थियो । यसबाहेक उसको कम योगफल ७१ र ७४ रहेको छ ।

Latest News

Nepal's No.1 Cricket Portal now in Nepali Language.

Follow us

Copyright © 2010-2017 Cricnepal.com. All Rights Reserved.

To Top