International News

दोस्रो दिनको खेल सकिदा अष्ट्रेलिया सम्हालियो

एसेज सिरिज अन्तर्गत अन्तिम टेष्टमा घरेलु टोली अस्ट्रेलियाले पहिलो पारीमा सुधारीएको प्रदर्शन गरेको छ । अस्ट्रेलियाले दोश्रो दिनको खेलको समाप्तिमा दुई विकेट गुमाएर एक सय ९३ रन बनाएको छ ।

इङ्गल्यान्डले पहिलो पारीमा बनाएको तीन ४६ रन पक्षाइरहेको अष्ट्रेलियाले दोश्रो दिनको खेल सकिँदा मात्र दुइ विकेट गुमाउदै एक सय ९३ रन बनाएको हो । उसका उस्मान ख्वाजा ९१ रनमा अविजित छन् भने कप्तान स्टिभ स्मिथ ४४ रनमा खेलीरहेका छन् । स्मिथ र ख्वाजाले तेस्रो विकेटका लागि अविजित एक सय सात रन जोडेका छन् । दोश्रो दिनको खेलमा पाँच विकेटको क्षतिमा दुइ सय ३३ रनबाट खेल शुरु गरेको इङ्गल्यान्डले अरु एक सय १३ रन जोड्दा सबै विकेट गुमायो । अस्ट्रेलियाका लागि प्याट कमिङ्गसले सर्वाधिक चार विकेट लिएका थिए भने मिचेल स्टार्क र जोस ह्याजलउडले दुई दुई विकेट आफ्नो नाममा लेखाएका थिए ।

यस अघि अष्ट्रेलियाका ओपनर क्यारुन बेनक्रफ्टले खाता खोल्न सकेनन भने डेभिड वार्नर ५६ रन बनाएर आउट भएका थिए । पाँच खेलको टेस्ट सिरिजमा अस्ट्रेलिया ३-० ले अघि छ ।

Latest News

Nepal's No.1 Cricket Portal now in Nepali Language.

Follow us

Copyright © 2010-2017 Cricnepal.com. All Rights Reserved.

To Top